दोस्रो पटक ओकिनवाको शोरुममा लाग्यो आगो, नेपालमा सर्वाधिक आयात हुन्छ ओकिनवा

काठमाडौं । भारतमा लगातार इलेक्ट्रीक सवारीसाधनमा आगो लागीका घटना बाहिर आइरहेको छ । हालै मात्र ओकिनवाको शोरुममा नै आगो लागेको घटना बाहिर आएको हो ।

केही दिन अघि मात्र टाटा नेक्सन इलेक्ट्रीकमा आगो लागेको भिडियो भाइरल भएको थियो ।

हाल मैग्लोरको एक ओकिनवा इलेक्ट्रीक स्कुटरको शोरुममा आगो लागेको घटना बाहिर आएको छ । केही समय अघि ओकिनवाको चैन्नाइमा रहेको शोरुममा आगो लागेको थियो ।

चेन्नाइको शोरुममा आगो लागेको कारण सर्ट सर्किट भनिएको थियो । त्यस समय खास धेरै क्षति नभएको बताइएको थियो भने यस पटकको आगोका कारण शोरुम जलेर नष्ट भएको छ ।

कम्पनीले यस पटक आगो लागी के कारणले भएको हो भन्ने विषयमा कुनै प्रतिक्रिया दिएको छैन् । यसभन्दा केही समय पहिला जितेन्द्र ब्रान्डको ४० यूनिट स्कुटरमा एकै पटक आगो लागेको थियो ।

यसैबीच ओकिनवाले राजस्थानमा म्यानुफ्याक्चर प्लान्ट स्थापना गरेको छ ।

नेपालमा विक्री हुन्छ ओकिनवा

ओकिनवा इलेक्ट्रीक स्कुटर नेपालमा सर्वाधिक आयात हुने इलेक्ट्रीक स्कुटर ब्रान्डमा पर्छ । गत वर्ष ओकिनवा इलेक्ट्रीकका ४२४ यूनिट स्कुटर नेपालमा आयात भएको देखिन्छ । यो आंकडा नेपालमा आयात हुने इलेक्ट्रीक ब्रान्डमा पहिलो हो ।


Back_to_top