काठमाडौं । फक्सवागेन ग्रुप अन्तर्गतको म्यान कमर्शियल बस एण्ड ट्रक कम्पनीले आधा मेगावाटभन्दा ठूलो साइजको ब्याट्रीप्याक भएको इलेक्ट्रीक बस बनाएको छ । यो बसले डिजेल पावर बसको जतिकै सबै प्रकारको काम गर्न सक्छ ।
एक पटकको फुलचार्जमा ६५० किलोमिटरसम्म गुड्ने दाबी गरेको छ । ‘दी म्यान लायन्स कोच ई’ नाम दिइएको बस आगामी अक्टोबरमा सार्वजनिक हुनेछ । यसको कमर्शियल उत्पादन भने आगामी वर्षबाट टर्कीको अंकारा प्लाण्टमा हुनेछ ।
निकै स्लिक डिजाइन रहने उक्त बसमा ३५६ देखि ५३६ किलोवाट आवारको ब्याट्रीप्याक रहने छ । एरोडायनामिक्स डिजाइनमा बनेको बसको ड्रयाग कोफिसियन्ट नर्मल एसयूभीको जस्तै ०.३१ सीडी रहेको छ । दी म्यान लायन्स कोच ईको ग्रसवेट २७.३ टन रहेको छ । १९.३ मिटर लम्बाइ रहेको यो बसमा ६१ जना प्यासेन्जर र लगेज मजाले अट्छ ।
यो बसको ब्याट्रीले ३७५ किलोवाटसम्मको फास्ट चार्जर सपोर्ट गर्छ । यसको सानो ब्याट्री ३५६ किलोवाटलाई फुलचार्ज गर्न १ घण्टा लाग्छ । ठूलो ब्याट्रीप्याक ५३६ किलोवाट आवरलाई फुल चार्ज गर्न करिब २ घण्टा लाग्ने कम्पनीको दाबी छ ।

