नयाँ ओमोडा ई फाइभ प्रो नेपाल आउँदै

काठमाडौं । नेपाली बजारमा राम्रै सफलता पाइरहेको ओमोडाको नयाँ मोडल ‘ई फाइभ प्रो’ चाँडै आउने भएको छ । नेपालका लागि ओमोडाको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्सले ई फाइभ प्रो ल्याउने भएको हो ।

थप परिष्कृत प्रविधि र डिजाइनका साथ नयाँ ई फाइभ प्रो नेपाल भित्रिँदै गरेको कम्पनीले जनाएको छ । ओमोडाको इलेक्ट्रीक लाइनअपको अर्को पुस्ताको रूपमा प्रस्तुत गरिएको नयाँ ई फाइभ प्रोले स्मार्ट, कनेक्टेड र भावनात्मक मोबिलिटीको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

आकर्षक फ्युचरिस्टिक डिजाइन, थप आरामदायी इन्टेरियर, अत्याधुनिक सुरक्षा प्रविधि र प्रिमियम फिचरसहित यो गाडी आधुनिक नेपाली उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरिएको छ।

हाल नेपालमा उपलब्ध भएको ओमोडा ई फाइभमा ५४० डिग्री प्यानोरामिक क्यामेरा, १८-इन्च अलोय ह्विल, १९ भन्दा बढी एडास सुरक्षा फिचरहरू, ८९ स्पिकर प्रिमियम साउण्ड सिस्टम, ५० वाट वायरलेस चार्जर लगायत फिचर छन् ।

नेपाल तीव्र गतिमा वृद्धि भइरहेको अटोमोबाइल ब्राण्डहरूमध्ये ओमोडा एक हो । यो आफ्नो डिजाइन, प्रविधि र प्रदर्शनका कारण ईभी ग्राहकहरूबीच निकै लोकप्रिय बन्न सफल भएको छ।

अब छिट्टै नेपालमा सार्वजनिक हुन लागेको नयाँ ई फाइभ प्रो मार्फत ब्राण्डले अझ उन्नत प्रविधि, परिष्कृत डिजाइन तथा थप स्मार्ट र कनेक्टेड मोबिलिटी अनुभव प्रदान गर्दै ग्राहकहरूको विश्वासलाई अझ मजबुत बनाउने लक्ष्य राखेको छ।


Back_to_top