काठमाडौं । ट्राफिक प्रहरीको अनलाइन ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी प्रणाली अवरुद्ध हुने भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै शुक्रबार साढे ३ बजेदेखि कम्तीमा ४ घण्टादेखि १४ घण्टासम्म उक्त सेवा अवरुद्ध हुने जानकारी गराएको हो ।
कार्यालयका अनुसार महालेखा नियन्त्रक कार्यालयले संचालन गरेको रेभेन्यु मेनेजमेन्ट इन्फर्मेशन सिस्टममा प्राविधिक सम्भार भइरहेको हुनाले ट्राफिक नियम उल्लंघन जरिवाना भुक्तानी प्रणालीमा समस्या आएको हो ।


