काठमाडौं । सरकारले करका दरमा व्यापक हेरफेर गेरको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन् ।
उनले व्यक्तिगत आयकरको न्यूनतम सीमा दोब्बरले बढाउँदै १० लाख रुपैयाँ पुर्याएको जानकारी दिए । त्यस्तै, ११ तहको भन्सार दरलाई ७ तहमा झारिएको उनले जानकारी दिए ।
त्यस्तै, ३६० वस्तुमा लाग्दै आएको अन्तःशुल्क हटाइएको बताए ।
उनका अनुसार औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुलमा एक तह घटाइएको छ।


