अब ३ महिनासम्म सडक खन्न राेक

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३ महिना (असार १ गतेदेखि भदौ मसान्तसम्म) सडक तथा फूटपाथ खन्न स्वीकृति नदिने भएको छ ।

महानगरपालिकाले एक सूचना जारी गर्दै महानगर क्षेत्र भित्र असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक/फुटपाथ खन्न स्वीकृति दिने कार्य रोकिएको जानकारी गराएको हो ।

वर्षायाममा सडक खन्दा तत्कालै मर्मत गरी यथास्थितिमा सञ्चालनमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले कुनै पनि सडक खन्ने स्वीकृति दिन राेक लगाइएकाे हाे  ।

ढल, बिजुलीको तार अण्डरग्राउण्ड, खानेपानीको पाइप बिछ्याउन जथाभावी सडक खन्दा सवारी आवागमनमा असर पर्ने गरेको छ ।


Back_to_top