अब नेपालमा पनि पेट्रोलमा इथानोल मिसाइने

काठमाडौं । सरकारले ‘पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२’ स्वीकृत गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलले लगेको प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएको हो ।

यससँगै अब पेट्रोलमा इथानोल मिसाउने बाटो खुला भएको छ । अब मन्त्रालयले कार्यविधि बनाइ कार्यान्वयन गर्नेछ ।

सरकारले यसअघि २०६० सालमै पेट्रोलियम पद्धार्थमा इथानोल मिसाउन सकिने व्यवस्था गरे पनि कागजै सीमित रहँदै आएको थियो । सरकारले यसअघि नै आयातित पेट्रोलियम पदार्थमा १० प्रतिशतसम्म इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेको थियो ।

२०६० मंसिर २९ गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरिएको थियो । त्यसयता बनेका इथानोल मिश्रण सम्बन्धी अध्ययन तथा सिफारिसले पनि सोही नीतिलाई अघि सारेको छ ।

नेपालमा पेट्रोलियम पद्धार्थ आयात गरिने मुलुक भारतमा भने २० प्रतिशत इथानोल मिसाउने व्यवस्था छ ।


Back_to_top