वर्षामा कार चलाउँदा अपनाउनुहोस् यी सावधानी, नत्र हुन सक्छ लाखौंको क्षति

काठमाडौं । मनसुनको समयमा सडकमा सवारी चलाउँदा केही विशेष सावधानी अपनाउनु पर्छ। यस मौसममा सडकमा पानी जम्मा हुँदा इन्जिन, ब्रेक, गियरबक्स र विद्युतीय प्रणालीमा क्षति पुग्न सक्छ।

वर्षाको समयमा सडकहरू प्रायः पानी जमेको/भरिएका हुन्छन् । यस्तो अवस्थामा कार चालकहरूले धेरै समस्याको सामना गर्नुपर्छ।

धेरै पटक, चालकहरूले सोचविचार नगरी आफ्नो कार पानीले भरिएको खाल्डोमा हाल्छन्, जुन पछि गम्भीर गल्ती सावित हुन सक्छ। यसले कारलाई ठूलो क्षति पुर्‍याउनुको साथै गाडी नै अड्किन पनि सक्छ।

वर्षाको समयमा गाडी चलाउँदा निम्न क्षति पुग्ने भएकाले सावधानी अपनाउनु पर्छ ।

इन्जिन हाइड्रो लक हुन सक्ने

जब कार गहिरो पानीमा जान्छ, पानी इन्जिनमा एयर इनटेक गर्ने प्रणाली मार्फत कम्बस्चर चेम्बरमा पुग्छ। यो पानीले पिस्टनको मुुभमेन्टलाई रोक्न सक्छ । पानीले पिस्टन, कनेक्टिङ रड र क्र्याङ्कशाफ्ट जस्ता भागहरू बाङगिन वा भाँच्न सक्छ। यसलाई हाइड्रो लकिङ भनिन्छ। यस्तो अवस्थामा, इन्जिन बन्द हुन्छ र यसलाई मर्मत गर्न लाखौं रुपैयाँ खर्च हुन्छ।

इलेक्ट्रोनिक सिस्टम फेल हुन सक्ने

अहिलेका कारहरू अत्याधुनिक सेन्सर र इलेक्ट्रोनिक प्रणालीहरूले सुसज्जित छन्। अझ पछिल्लो समय चर्चामा रहेका ईभीहरूमा दर्जनौं सेन्सर, क्यामरा र राडारहरू हुनछन् । जब यी पानीमा डुबाइन्छ, सर्ट सर्किटको जोखिम हुन्छ। यसले ईसीयू, फ्युल पम्प, एबीएस सेन्सर र स्टार्टर मोटर जस्ता महँगा कम्पोनेन्टहरूलाई क्षति पुर्‍याउन सक्छ । लामो समय पानीमा रहेमा ईभीको हाइ भोल्टेज ब्याट्रीमा समेत असर पर्न सक्छ । त्यसैले सावधानी अपनाउन जरुरत हुन्छ ।

एक्जस्ट पाइप बिग्रन सक्ने

यदि पानी एक्जस्ट पाइपमा पस्यो भने ग्यासहरू बाहिर निस्कन सक्दैनन् । र, यसले इन्जिनलाई रोक्न सक्छ। पानीले एक्जस्ट प्रणालीमा समस्या पनि निम्त्याउन सक्छ, र महँगो पाट्सहरू बदल्न पर्ने हुनसक्छ।

गियरबक्स र ट्रान्समिसनमा क्षति

यदि पानी ट्रान्समिसन प्रणालीमा प्रवेश गर्छ भने ट्रान्समिसन फुल्ड फोहोर हुन सक्छ। यसले गियरका भागहरूमा घर्षण बढाउँछ र सम्पूर्ण प्रणालीलाई क्षति पुर्‍याउन सक्छ।

ब्रेक र सस्पेन्सन प्रणालीमा प्रभाव

गहिरो पानीबाट गुज्रँदा, ब्रेकको ग्रिप कमजोर हुन्छ र ब्रेक लगानउन पनि बढी समय लाग्छ। यस बाहेक, सस्पेन्सन प्रणालीमा पनि दबाब हुन्छ, जसले शक अब्जर्बर र बल जोइन्टहरूलाई क्षति पुर्‍याउन सक्छ।


Back_to_top