नेपाल आउँदै यी ३ बाइक, यस्ताे छ मूल्य र बिशेषता

काठमाडौं । भारतीय बजारमा सार्वजनिक भएसँगै नेपाली बजार सुहाउँदो बाइक मोटरसाइकल बिक्रेताहरुले सकेसम्म छिटो नेपाली बजारमा भित्र्याउने गरेको पाइन्छ । यस्तोमा बिभिन्न तीन ब्रान्डका ३ नयाँ मोडलका बाइक नेपाली बजारमा ल्याउने तयारी भइरहेको छ । 

केही समय अगाडी भारतीय बजारमा सार्वजनकि भएको यामाहा एमटी-१५, हिरो एक्ट्रीम-२०० एस र सुजुकी जिक्सर-२५० एसएफ नेपाल ल्याउने तयारी भइरहेको छ । 

यी बाइकहरु भदौ १० गतेबाट हुने नाडा अटो शोमा बिक्री वितरण गर्ने गरी कम्पनीहरुले तयारी गरिरहेको बुझिएको छ । 

१. यामाहा एमटी-१५

केही समय अगाडि भारतीय बजारमा सार्वजनिक भएको एमटी-१५ नेपाली बजारमा सार्वजनिक गर्ने तयारी एमएडब्ल्यु इन्टरप्राइजेजले थालेको छ । कम्पनीले अटो शो लक्षित गरेर असारमा नै  यो बाइक नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।

यामाहा एमटी १५ मा रहेको १५५ सीसी लिक्वीड कुल्ड सिगंल सिलिन्डर इन्जिनले १९ बीएचपी तथा १५ एनएम टर्क जेनेरेट गर्छ । यसमा आर-१५ भी ३ कै भिभिए टेक्नोलोजि प्रयोग गरिएको छ । सिगंल च्यानल एबिएस सुबिधासहित नेपाल आउने यो बाइकमा सिक्स स्पीडको गियर बक्स, स्लिपर कल्च, फुल डिजिटल कन्सोल, फुल एलइडी लाइट जस्ता फिचर रहेका छन् ।

नेपाली बजारमा समेत यो बाइक प्रतिक्षित मोडलको रुपमा रहेको छ । यसको बजारमा ४ लाख ४५ हजार मूल्य पर्ने अनुमान गरिएको छ ।

२. सुजुकी जिक्सर-२५० एसएफ 

सुजुकी टू ह्वीलरको नेपालको लागी आधिकारीक बिक्रेता भीजी अटोमोबाइलले नाडा अटो शो लक्षित गरेर हालै भारतीय बजारमा सार्वजनिक भएको सुजुकी जिक्सर-२५० एसएफ नेपाली बजारमा भित्र्याउने बताएको छ ।

सुजुकी एसएफ २५० विशेषतः सुरक्षालाई मध्यनजर गर्दै जिक्सर-२५० को उत्पादन गरिएको कम्पनीको दाबी छ । ड्यूल च्यानल स्ट्यान्डर्ड एबीएसकासाथ आउने नयाँ जिक्सरमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । यसमा उपलब्ध सिङ्गल सिलिन्डर फ्यूल इन्जेक्टेड-२५० सीसी इन्जिनले २० बीएचपी पावरकासाथै २० एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ । साथै, यसमा ६ स्पीड ट्रान्समिसन लगाइएको छ ।

कम्पनीले इन्ट्री–लेवल प्रिमियम मोटरसाइकलको बजारलाई ध्यानमा राख्दै यो मोटरसाइल निर्माण गरेको जनाएको छ । यो बाइकको नेपाली बजारमा मूल्य ४ लाख ५० हजार रुपैयाँ पर्ने अनुमान लगाउन सकिन्छ ।

३. हिरा एक्सट्रीम-२०० एस

केही समय अगाडि हिरो एक्सट्रीम २०० एस भारतमा सार्वजनिक भएको थियो । नेपालका लागी हिरोको आधिकारीक वितरक एनजीएम हिरोले यो बाइक भदौमा हुने नाडा अटो शो २०१९ मा नेपाल ल्याउने तयारी सुरु गरेको जनाएको छ । 

हिरो मोटोकर्पले नयाँ डिजाइको साथ बजारमा ल्याएको एक्सट्रीम २०० एस निकै स्पोर्टी देखिएको छ । भारतमा ९८ हजार ५ सय भारतीय रुपैयाँ मूल्य निर्धारण भएको यो बाइक नेपाली बजारमा कति रुपैयाँ पर्छ भन्ने अहिल्यै भन्न सकिने अवस्था छैन । यद्यपी ३ लाख १० हजार रुपैयाँ हारहारीमा यसको मूल्य निधारण हुने अनुमान भने गर्न सकिन्छ । 

बाइकमा फुल एलइडी हेडल्याम्प र ब्लूटुथ कनेक्टिभिटीको साथ नयाँ फुल्ली डिजिटल एलइडी इक्स्ट्रुमेन्ट क्लस्टर जडान गरिएको छ । जहाँ नेभिगेसन, गियर पोजीशन इन्डीकेटर, ट्रिप मिटर र सर्भिस रिमाइन्डर एलर्ट राखिएको छ  ।

हिरो एक्सट्रीम २०० एसमा २०० सीसी एयर–कूल्ड इन्जिन दिइएको छ । जसले ८ हजार आरपीएममा १८ बीएचपी पावर र ६५ सय आरपीएममा १७.१ एनएमको टर्क जेनेरेट गर्छ । ५ स्पीड म्यानुयल गियर बक्स जडान गरिएको छ । बाइकमा २७६ एमएम फ्रन्ट डिस्कका साथ सिंगल च्यानल एबीएस र रियरमा २२० एमएम डिस्क ब्रेक दिइएको छ ।


Back_to_top