यी ७ कुरा बुझेर मात्रै बच्चाको लागि साइकल किन्नुस्

काठमाडौं । समय र मागअनुसार बालबालिकाको रुची परिवर्तन हुँदै जाने सर्वमान्य नियम नै हो । बच्चाहरूको रोजाईमा साइक्लिङ (साइकल) पर्ने गरेको छ । बालबालिकाको लागि साइकल खरिद गर्न चाहने अभिभावकले खरिद पूर्वसाइकलबारे विभिन्न जानकारी लिनुपर्छ । 

साइकलको बनावट, टिकाउ, सुरक्षालगायतका विषयमा पूर्व जानकारी लिँदा आफ्ना बच्चाको लागि खरिद गर्ने साइकल उत्कृष्ट छनोट गर्न सहज हुन्छ । त्यसका लागि निम्न कुरामा ध्यान दिन जरुरी हुन्छ ।

साइज र सुरक्षा

बालबालिकाका लागि साइकल खरिद गर्नुपूर्व साइकलको साइज, आकारबारे अध्ययन गर्नुपर्छ । बालबालिकाको उमेर र हाइटअनुसार साइकल खरिद गर्दा सुरक्षित हुन्छ । धेरै ठूलो वा सानो साइजको साइकल किन्दा बालबालिकाले सहजै चलाउँन सक्दैनन् । 

साइकलको आकारप्रकार टायरको साइजमा निर्भर रहन्छ । साना बालबालिकाका लागि १२ देखि २४ इञ्च डाइनामिटरको टायर सुरक्षित हुनसक्छ । कतिपय बालबालिकाले १४ दखि १६ इञ्चको प्याडल भएका साइकल चलाउने गर्छन् । तर ‘२०’ देखि ‘२४’ इञ्चको प्याडल भएको साइकल बालबालिकाको लागि सुरक्षित हुने गर्छ ।

कम तौल

विश्वका उत्कृष्ट साइकल निर्माता कम्पनीले तौलअनुसार साइकलको मूल्य निर्धारण गर्छन्् । कम तौल भएका साइकललार्ई विशेष प्राथमिकतामा राख्ने गरिन्छ । सकेसम्म बालबालिकाको लागि कम तौलको साइकल खरिद गर्नुपर्छ । 

उनीहरूको शरीरको तौलभन्दा ४० प्रतिशत कम तौलको साइकल सबैभन्दा सुरक्षित मानिन्छ । उनीहरूको शरीरको तौलको मापन गरी सोहीअुनसार साइकल खरिद गर्ने हो भने सुरक्षित हुन सकिने विभिन्न अध्ययनले देखाएको छ । 

ब्रेकिङ्ग सिस्टम

साइकल खरिद गर्दा साइकलको ब्रेक कस्तो छ र कति सुरक्षित हुन्छ भन्ने विषयमा जानकारी राख्नुपर्छ । कुनै पनि बेला हुनसक्ने आकस्मिक दुर्घटनाबाट बचाउन ब्रेकको महत्वपूर्ण भूमिका रहने भएकाले बालबालिकाको लागि साइकल खरिद गर्दा ब्रेकमा ध्यान दिनुपर्छ । 

गुणात्मकरुपमा साइकलको सुरक्षा बढाउन साइकलको ह्यान्डल र कोस्टर ब्रेकलाई चेक गर्नुपर्छ । कोस्टर बे्रक केही सस्तो पर्ने गर्छ । उकालो–ओरालोमा कोस्टर ब्रेकले राम्रो ब्यालेन्स नराख्न सक्छ । तुलनात्मकरुपमा ह्यान्ड ब्रेक सुरक्षित र महङ्गो हुनुका साथै मेन्टिनेन्सका हिसाबले उत्कृष्ट मानिन्छ । बालबालिकाको लागि साइकल खरिद गर्दा यही ब्रेकको छनौट गर्दा राम्रो हुन्छ ।

गियर अपबारे जानकारी लिने

साइकल खरिद गर्न जाँदा बालबालिकालाई गियर अपको आवश्यकता पर्छ वा पर्दैन निक्र्योल गर्नुपर्छ । गियरले साइकको वजन बढाउने गर्छ । जसले, उनीहरूलाई वजन उठाउन समस्या हुन्छ । 

गियर साइकललाई धेरै मर्मतको जरुरी पर्न सक्छ । २० देखि २४ इञ्च प्याडल भएको साइकल चलाउने बालबालिकाले भने गियरसहितको साइकल प्रयोग गर्न सक्छन् । कामको अलावा मनोरञ्जनको लागि साइकल चलाउने बालबालिकाको लागि गियर आवश्यक पर्दैन । 

साइकलको चौडाई 

साइकल किन्दा अनिवार्यरुपमा जानकारी लिनुपर्ने कुरा हो, साइकलको चौडाई । नयाँ साइकल खरिद गर्दा प्याडल र क्रेनस्केटको दूरी हेर्नुपर्छ । प्याडलको दूरी धेरै भएमा साइकल चलाउँदा समस्या आउँछ । 

साना बच्चाका लागि भने साँघुरो चौडा भएको प्याडल स्वभाविक हुनसक्छ । तर, १३ वर्षमाथिका बालबालिकाको लागि चौडाई भएको क्वीक फ्याक्टर साइकल उत्कृष्ट हुनसक्छ । 

सही मूल्य निर्धारण गर्ने 

उत्कृष्ट साइकल खरिद गर्न चाहाने ग्राहकले साइकलको अधिकतम् टिकाउ, अवस्था, मूल्यको बारेमा जानकारी लिनुपर्छ । बच्चाको मनोरञ्जनका लागि साइकल किन्दा महङ्गो वा धेरै सस्तो साइकल खरिद गर्नु हँुदैन । सुरक्षित र टिकाउयोग्य साइकल छनौट गर्नुपर्छ ताकि बालबालिकाले मनोरञ्जन लिन सकून् । अनाश्यक धेरै मूल्य तिर्दैमा साइकल सुरक्षित हुन्छ भन्ने भ्रम गलत सावित हुनसक्छ । 

खुट्टाले जमिन छुनसक्ने वा नसक्ने परीक्षण गर्ने 

बालबालिकाले साइलक चलाउँदा खुट्टाले जमिन छुनसक्छ वा सक्दैनन् भन्ने परीक्षण गर्नुपर्छ । सहजै खुट्टाले जमिनको भाग छुन नसकेको अवस्थामा बच्चाले राम्ररी चलाउन सक्दैनन् । 

त्यसैले, बालबालिकाका लागि साइकल छनौट गर्दा साइकलको आकार, सुरक्षा, बनावटका साथै तौललाई ध्यान दिनुपर्छ । आवश्यकताअनुसार साइकलमा गियर राख्नुपर्छ । बच्चाले आरामले साइकल चलाउन सक्ने गरी साइकलको चौडाई छ–छैन, चेकजाँच गर्नुपर्छ ।


Back_to_top