स्टाइलिस स्कुटर ‘वर्गम्यान स्ट्रीट’, अन्यभन्दा फरक के ?

काठमाडाैं । सुजुकी टु ह्वीर्लसको स्कुटर सेग्मेन्टमा नयाँ वर्गम्यान स्ट्रिट थपिने भएको छ । कम्पनीले यसलाई आगामी महिना भारतीय बजारमा सार्वजनिक गर्ने तयारी गरेको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । 

नयाँ वर्गम्यान स्ट्रीट सुजुकीको हालसम्मकै सर्वाधिक स्टाइलिस स्कुटर हुने कम्पनीको दाबी रहेको छ ।

दिल्ली मोटर शोमा शाेकेस गरिएको यो स्कुटर निकै स्टाइलिस र स्पोर्टी स्कुटरको सेग्मेन्टमा पर्नेछ । यसकाे नेपाली बजारमा मूल्य करिब २ लाख पर्ने अनुमान गर्न सकिन्छ । 

यसमा १२५ सीसीको सिङ्गल सिलिन्डर एसओएचसी, फोर स्ट्रोक इञ्जिन रहेको यो स्कुटरको इञ्जिनले १० बीएचपीको पावर उत्पादन गर्नेछ । १२५ सीसीको क्षमताको अटोमेटिक सुजुकी वर्गम्यान स्ट्रीट म्याक्सी स्कुटर हो । 

म्याक्सी स्कुटर एक प्रकारको टुरिङ स्कुटर हो, जसले हावाबाट चालकलाई बचाउँछ । त्यसको लागि स्कुटरको अघिल्लो भागमा विशेष प्रकारको डिजाइन गरिएको हुन्छ र सामान्य स्कुटरभन्दा बढी आरामदायी हुन्छ । 

यसअघि भारतीय बजारमा १६५ सीसीको काइनेटिक ब्लेजलाई म्याक्सी स्कुटरको रुपमा ल्याइएको थियो तर, पछि यसको उत्पादन नै बन्द भएको थियो ।

नेपाली बजारमा सुजुकी टु ह्वीलरकाे बिक्री वितरणा सुजुकी भिजीले गर्दै अाएकाे छ । 


Back_to_top