नेपालमा १०० युनिट पुग्यो ‘टीएम १’ डेलिभरी भ्यान

काठमाडौं । टीएम १ डेलिभरी भ्यानले नेपालमा १०० युनिट पूरा गरेको छ । एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले बिक्री गर्ने टीएम १ ले सफलतापूर्वक १०० युनिट पार गरेको हो ।

कम्पनीले १०० युनिट पुगेको अवसरमा केक काटेर खुसियाली मनाएको छ । उक्त सेलिब्रेसनमा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विवेक सिकरिया, एमएडब्लू वृद्धि कमर्सियलका सीईओ तुषार गुप्ता, सेल्स हेड नविन आचार्य, मार्केटिङ प्रमुख प्रकाश सुवेदी लगायतको उपस्थिति थियो ।

टीएम १ नेपालमा आफ्नै व्यवसायिक यात्रा सुरु गर्ने चाहना राख्नेहरूका लागि पहिलो रोजाइको सवारी बनेको कम्पनीको भनाइ छ ।

टीएम १ तरकारी, फलफूल, पानी, दूध, ग्यास लगायत दैनिक उपभोग्य सामान ढुवानी गर्न निभै भरपर्दो सवारी साधन हो । यसले नेपाली आवश्यकता अनुसारको डिजाइनमार्फत आफूलाई एक सक्षम व्यवसायिक सवारीको रूपमा प्रमाणित गरेको छ।

नेपालमा टीएम १ दुई फरक साइजका लोडिङ डेक (८ फिट र १० फिट) मा उपलब्ध छ। सीएटीएल ब्याट्रीबाट सञ्चालित यस इलेक्ट्रिक सवारीले २८० किमी एनईडीसी रेन्ज दिने कम्पनीको दाबी छ ।


Back_to_top