काठमाडौं । बढ्दो विद्युतीय कारको माग पुरा गर्न अमेरिकी एसयूभी एक्सपर्ट जीप र भारतीय एसयूभी एक्सपर्ट महिन्द्राले आ–आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी बजारमा ल्याउने भएका छन् ।
साइजको हिसावले यी दुबै एसयूभी लगभग उस्तै रहने छन् भने रेन्ज र पावर पनि दुबै एसयूभीको लगभग समान रहने अनुमान गरिएको छ । अर्को यी दुबै एसयूभीमा रहने समानता मोटरमा पनि रहने छ ।
जीप र महिन्द्रा दुबैले आफ्ना उत्पादनलाई हाइटेक सुरक्षा फिचर सहित बजारमा ल्याउने छन् । महिन्द्राले भारतबाट यसको ग्लोवल डेब्बू गर्दैछ । जीपले पहिलो ईभीको नाम जीपस्टर र महिन्द्राले एक्सयूभी ४०० राख्ने अनुमान गरिएको छ । यी दुबै मोडल चाँडै नेपाल आउने छन् ।
जीपले ल्याउन लागेको नयाँ एसयूभी प्लगइन हाइब्रिड र पूर्ण इलेक्ट्री गरी दुई अप्सनमा आउने छ । कम्पनीले प्लगइन हाइब्रिड मोडलमा १.२ लिटर क्षमताको इन्जिन र १७ किलोवाट आवर क्षमताको ब्याट्री प्याकमा ल्याउने अनुमान गरिएको छ ।
साथै, पूर्ण इलेक्ट्रीक मोडलमा कुन साइजको ब्याट्री रहने भन्ने एकिन कुरा बाहिर आएको छैन । तर, यसमा १०० किलोवाट क्षमताको मोटर रहने जानकारी भने बाहिर आएको छ । १०० किलोवाट क्षमताको मोटर रहेको कारण नेपालमा यो १० प्रतिशत भन्सार दरमा नै आउने छ ।
जीपले सानो एसयूभीमा फोर ह्वील ड्राइभ सिस्टम पनि उपलब्ध गराउने छ । यसको फोर ह्वील ड्राइभ अप्सनमा १.२ लिटर टर्बो इन्जिन उपलब्ध रहने छ भने प्लगइन हाइब्रिड सिस्टम पनि रहने बताइएको छ ।
त्यसैगरी, महिन्द्राको एक्सयूभी ३०० मा आधारित रहर बनाइएको एक्सयूभी ४०० कोरियन अटोमाबाइल कम्पनी साङयोङको टिभोलीमा आधारित हुनेछ । यसको लम्बाई ४.३ मिटर रहने अनुमान गरिएको छ । महिन्द्राले लगातार यसको टीजरहरु सार्वजनिक गर्दै आएको छ ।
टीजर भिडियोको सुरूवातमा चार्जिङ सकेट देखाइएको छ, जुन रियर डोरको पछाडि परम्परागत फ्युल हाल्ने ठाँउ रहेको दायाँ साइडमा रहेको छ । फ्रन्ट फेरियामा इन्भर्टेड एल सेपको सार्प एलइडी डेटाइम रनिङ लाइट र हेडलाइट दिएको छ । अगाडि क्लोज ग्रिल र महिन्द्राको ट्वीन पिक लोगो बीचमा रहेको छ ।
एक्सयूभी ४०० मा नयाँ डिजाइनको अलोय ह्वील, लेटेस्ट कनेक्टिभिटी फिचर सहितको ठूलो साइजको इन्फोटेन्मेन्ट सिस्टम, हर्मनको म्यूजिक सिस्टम, एडास सिस्टम, अटोमेटिक ड्युलजोन क्लाइमेट कन्ट्रोल, कु्रजकन्ट्रोल तथा अन्य धेरै फिचरहरू रहेको छ ।
यसमा १५० हर्सपावरको सिंगल मोटर र ४०० किलोमिटरभन्दा बढी रेन्ज दिने ब्याट्री प्याक रहने अनुमान गरिएको छ । फास्ट चार्जिङ, रिजेनेरेशन टेक्नलोजीका साथै फरक-फरक ब्याट्री अप्सन यसमा पाउन सकिने सम्भावना रहेको छ ।


