काठमाडौं । सन् २०२६ को पहिलो महिना जनवरी भारतीय अटोमोबाइल बजारका लागि उपलब्धिमूलक रह्यो । यो महिना झण्डै साढे ४ लाख प्यासेन्जर कार बिक्री (होलसेल) भयो ।
जुन हालसम्मकै धेरै होलसेल बिक्री हो भने मासिक बिक्रीमा हालसम्मकै दोस्रो धेरै हो । भारतीय बजारमा अधिकांश मुख्य ब्राण्डले आफ्नो व्यापार बढाएका छन् ।
मारुति सुजुकीले जनवरीमा सर्वाधिक २ लाख ३६ हजार ९६३ युनिटको सवारी बिक्री गरेको छ । यो गत वर्ष सोही अवधिको तुलनामा १२ प्रतिशत धेरै हो ।
त्यस्तै, हुन्डाईले ७३ हजार १३७ युनिट, टाटा मोटर्सले ७० हजार २२२ युनिट सवारी बिक्री गरेका छन् । अन्य ब्राण्डको पनि बिक्रीमा सुधार आएको छ ।
जनवरीमा साढे ४ लाख कार बिक्री हुँदा शीर्ष १० मा चार ब्राण्डका कार परेका छन् । मारुति, टाटा, महिन्द्रा र हुन्डाईका मोडलहरू रहेका छन् । जसमा ६ वटा एसयूभी, दुई ह्याचब्याक, एउटा सेडान र एउटा एमपीभी रहेका छन् ।
भारतमा जनवरीमा टाटा नेक्सन सर्वाधिक बिक्री हुने कार बनेको छ । एक महिनामा नेक्सन २३ हजार ३६५ युनिट बिक्री भएको छ । यो आइसीई र ईभी दुवैको संख्या हो ।
त्यस्तै, दोस्रोमा मारुती स्वीफ्ट डिजारे १९ हजार ६२९ युनिट, तेस्रोमा टाटा पन्च १९ हजार २५७ युनिट, चौथामा हुन्डाई क्रेटा १७ हजार ९२१ युनिट र पाँचौंमा मारुती एर्टिगा १७ हजार ८९२ युनिट रहेको छ ।
त्यसैगरी, छैटौंमा मारुति स्वीफ्ट १७ हजार ८०६, सातौंमा मारुति ब्रेजा १७ हजार ४८६, आठौंमा मारुति बलेनो १६ हजार ७८२, नवौंमा महिन्द स्कर्पियो १५ हजार ५४२ र दशौंमा मारुति भिक्टोरियस १५ हजार २४० युनिट बिक्री भएको छ ।

