काठमाडौं । भारतीय बजारमा मे महिनाको बिक्रीको आधारामा मारुति सुजुकीले आफ्नो बजार हिस्सा अझै बिस्तार गरेको छ । साथै हुन्डाईले समेत आफ्नो बजार हिस्सामा बढोत्तरी गर्दा अन्य कम्पनीहरु निकै पछि परेका छन् ।
भारतमा मे महिनामा सर्वाधिक बिक्री भएका १० मोडलमा मारुति सुजुकीको ७ र हुन्डाईका ३ मोडल परेको सोसाइटी अफ अटोमोवाइल म्यानूफ्याक्चरर्सले जनाएको छ ।
प्रिमियम ह्याचब्याक वालेनोको बिक्रीमा निकै ठुलो उछाल आउँदा नयाँ स्वीफ्ट वलेनोभन्दा पछि परेको छ ।
डिजाएर नम्बर १
सोसाइटी अफ अटोमोवाइल म्यानुफ्याक्चरर्सको आँकडा अनुसार मे महिनामा मारुती सुजुकी डिजाएर फेरी नम्बर एक सेलिङ कार बनेको छ । मे २०१८ मा डिजायर कारको बिक्रीमा १ सय ५८ प्रतिशत बृद्धि भई २४ हजार ३ सय पैसठ्ठी युनिट पुगेको छ ।
पछि पर्यो स्विफ्ट
मे २०१८ मा स्विफ्टलाई पछि पार्दै वलेनो धेरै बिक्री भएको छ । मारुती वलेनाको बिक्रिमा ३२.६ प्रतिशतले बढेर १९ हजार ३ सय ९८ युनिट पुगेको छ । स्विफ्टको बिक्रिमा पनि १६.२ प्रतिशतले बढेर १९ हजार २ सय ८ पुगेको छ ।
अल्टो र आइ १० को बिक्रिमा गिरावट
मारुती सुजुकि अल्टोको बिक्रिमा गिरावट आएको छ । ७.३ प्रतिशतले गिरावट हुँदा २१ हजार ८ सय ९० अल्टो कार बिक्री भएको छ ।
साथै, हुन्डार्इ ग्रान्ड आई १० को बिक्रीमा पनि गिरावट देखिएको छ । ग्रान्ड आई १० को बिक्री १५.८ प्रतिशतले घट्दा मे महिनामा ग्रान्ड आई १० कार १० हजार ९ सय ९३ युनिट बिक्री भएको छ ।
हुन्डार्इ क्रेटा र इलाइट आइ २०
हुन्डाई मोटर इन्डियाले गत महिना हुन्डाई क्रेटा फेसलिफ्ट लन्च गरे पश्चात् क्रेटाको बिक्रिमा बृद्धि भएको छ । क्रेटाको बिक्रिमा ३१.४ प्रतिशतले बृद्धि हुँदा मे २०१८ मा ११ हजार ४ युनिट क्रेटा बिक्रि भएको छ ।यस्तै इलाइट आई २० को बिक्री १० हजार ९ सय ३९ युुनिट भएको छ ।
साथै १० हजार १६० युनिट बिक्री भएको मारुति सेलेरियो १० औं सर्वाधिक बिक्री हुने कार भएको छ ।