टर्क मोटरले भारतीय बजारमा आफ्नो नयाँ इलेक्ट्रीक बाइक सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले नयाँ बाइक ‘टी६एक्स’ लाई अहिले सडकमा परिक्षण गरिरहेको जनाएको छ ।
सडक परिक्षणमा देखिएको यसको फोटोको अनुसार, कम्पनीले यो इलेक्ट्रीक बाइकलाई ट्रेलीस फ्रेम डिजाइनमा निर्माण गरेको छ । सर्ट ट्रेलीस फ्रेम सेटअपले ट्यूबुलर स्टील स्विङमर्म इलेक्ट्रिक मोटर नजिक राखिएको छ । पछाडिको चक्कामा राखिएको चेन ड्राइभ मार्फत यसको पावर ट्रान्सफर हुनेछ ।
यसमा अप फ्रन्टमा टेलीस्कोप फोर्क र रियरमा मोनोशक दिइएको छ । कम्पनीले यसमा ६ किलोवाटको इलेक्ट्रीक मोटर दिएको छ । यस बाइकमा दुवै इन्डमा डिस्क ब्रेक तथा सीबीएस उपलब्ध गराएको छ । यसमा सीबीएसको साथ एबीएसपनि दिइएको छ ।
कम्पनीका अनुसार यस बाइकले २७ एनएम टर्क प्रदान गर्छ भने यसको टप स्पीड क्षमता १०० किलोमिटर प्रतिघन्टा रहेको छ । यसको व्याट्री एक घन्टा भित्रमा ८० प्रतिशत चार्ज हुन्छ । यसले एक पटकको फुलचार्जमा १०० किलोमिटरको रेन्ज दिने कम्पनीले दाबी गरेको छ । यसमा वाटरपु्रफ व्याट्री प्रयोग गरिएको छ ।
कम्पनीले यो बाइकलाई २०१९ को अन्त्यसम्ममा सार्वजनिक गर्ने बताएको छ ।


