टोयोटा र मारुती सुजुकीद्धारा नयाँ एसयूभी ल्याउने घोषणा

काठमाडौं । टोयोटा र मारुती सुजुकीले नयाँ एसयूभी बनाउने घोषणा गरेका छन् । टोयोटा र मारुती सुजुकी बीच भएको सम्झौँता अनुसार नयाँ एसयूभी दुबै ब्राण्डको लागि संयुक्तरुपमा बनाउने घोषणा भएको हो ।

विशेषत दक्षिण एसियाली बजारको लागि बनाउन लागिएको नयाँ एसयूभीले बजारमा हुन्डाई क्रेटा र किया सेल्टोससँग सिधा प्रतिस्पर्धा गर्ने बताइएको छ । कम्पनीले नयाँ एसयूभी टोयोटाको प्लान्टबाट उत्पादन गरिने छ ।

कम्पनीले बनाउने नयाँ एसयूभी ४.३ मिटर लामो हुनेछ । टोयोटाको डिएनजीए प्ल्याटफर्ममा उत्पादन गरिने नयाँ एसयूभी टोयोटा र मारुती सुजुकीको लागि फरक बडी स्टाइलको प्रयोग गरिने छ ।

कम्पनीले नयाँ एसयूभीमा मारुती सुजुकीको १.५ लिटर इन्जिन प्रयोग गर्ने छ । साथै, नयाँ टर्बो इन्जिन अप्सनमा पनि आउने बताइएको छ । साथै, यसलाई डिजेल इन्जिनमा पनि उपलब्ध हुने छ ।

मिडसाइज एसयूभी सेग्मेन्टमा दुबै कम्पनीसँग कुनै एसयूभी छैन । मारुती सुजुकीको ब्रेजा र टोयोटा फर्च्यूनरको बीचमा यो नयाँ एसयूभीलाई कम्पनीले बजारमा उतार्ने छ । कम्पनीले सन् २०२२ बाट यसको आधिकारीक बिक्री सुरु गर्ने जनाएको छ ।


Back_to_top