मोटरहेडको नयाँ आउटलेट बालाजुमा, यस्ता छन् अफर

काठमाडौं । मोटरहेड मोटरसाइकलको आधिकारीक बिक्रेता एसजी अर्गनाइजेशन अन्तर्गतको एसएलआर टेक्नो एण्ड ट्रेर्डस्ले काठमाडौंको बालाजुमा आधिकारीक सेल्स र सर्भिस सेन्टर संचालनमा ल्याएको छ ।

कम्पनीले बिक्री, स्पेयर तथा सर्भिसको तीनवटै सेवा उक्त नयाँ शोरुमबाट दिने जनाएको छ । यसअघि ललितपुर र भक्तपुरमा सुविधासम्पन्न आउटलेट खोलेको कम्पनीले काठमाडौंको बालाजुमा नयाँ आउटलेट संचालनमा ल्याएको हो ।

नेपाली बजारमा कम मूल्यमा आकर्षक डिजाइनका मोटरसाइकल उपलब्ध गराउँदै आएको मोटरहेडले पछिल्लो दिनमा आफ्नो नेटवर्क विस्तार बढाउँदै लगेको छ भने ग्राहकको रोजाइमा पनि पर्न सफल हुँदै गएको छ ।

अहिले विभिन्न ७ मोडलका मोटरसाइकल बिक्री गर्दै आएको कम्पनीले नेपालको सबै मुख्य सहरी क्षेत्रमा आफ्नो नेटवर्क विस्तार गरेर सेवा दिदै आएको छ । चीनमा उत्पादन भएका मोटरहेडका मोटरसाइकलमा कुनै किसिमका सर्भिसमा समस्या पर्न नदिन कम्पनीले स्पेयर तथा सर्भिसमा विशेष ध्यान पु¥याउँदै आएको जनाएको छ ।

कम्पनीले मोटरहेड ब्राण्डका आफ्ना ग्राहकहरुको क्रेज र ब्राण्ड प्रतिको मोहलाई अझ बढाउन दिन भविष्यमा अन्य मोडलहरु अत्याधुनिक प्रविधिको साथ बजारमा ल्याउने जनाएको छ । कम्पनीले आफ्नो बालाजु स्थित नयाँ आउटलेस उद्घाटनको विशेष अवशरमा स्पेयर पाटर्समा १० प्रतिशत छुट, लेभर चार्जमा ५० प्रतिशत छुट तथा फ्री बाइक वासिङ र बाइक खरिद गर्दा १५ हजार रुपैयाँसम्म छुट दिने अफर संचालन गरेको छ ।


Back_to_top