भारतमा टोयोटा र मारुती सुजुकी बीच भएको सम्झौँता अनुसार टोयोटाले नयाँ प्रिमियम ह्याचव्याक कार ग्लान्जा बजारमा ल्याइसकेको छ । ग्लान्जा मारुती सुजुकी बलेनोलाई टायोटा व्याच दिएर तयार पारिएको कार हो ।
दुबै कम्पनीले आफ्नो बजार हिस्सा बढाउन रणनीतिक रुपमा क्रस व्याचिङ गर्ने सम्झौँता गरेका थिए । अब मारुती सुजुकीकको चर्चित सब फोर मिटर एसयूभी भिटारा ब्रेजालाई टोयोटाको व्याचमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको भारतीय मिडिया गाडीवाडीले दाबी गरेको छ ।
गाडीवाडीको रिपोर्टलाई मान्य हो भने अटो एक्स्पो २०२० मा मारुती सुजुकी भिटारा ब्रेजामा टोयोटाको व्याचिङ सहित सार्वजनिक हुनेछ । कम्पनीले ल्याउने नयाँ पेट्रोल इन्जिनयुक्त ब्रेजा टोयोटाको लागोमा आउने छ ।
नयाँ ब्रेजामा १.५ लिटर फोर सिलिण्डर के१५बी माइल्ड हाइब्रिड इन्जिन दिने अनुमान गरिएको छ । उक्त इन्जिन अहिले मारुती सुजुकीले सियाज र आर्टिगामा प्रयोग गरिरहेको छ । उक्त इन्जिनले अधिकतम १०४.७ पीएस पावर र १३८ एनएम टर्क प्रदान गर्छ ।


