काठमाडौं । टोयोटाले भारतमा उत्पादन गरिरहेको कम्प्याक्ट एसयूभीको नाम ‘हाइडर’ राख्ने भएको छ । कम्पनीले नयाँ मोडलको ट्रेडमार्क दर्ता गरेरसँगै मिडियाले नयाँ एसयूभीको नाम हाइडर रहने अनुमान गरेका हुन् । यद्यपि केहीले हाइडर नामबाट टोयोटाले इलेक्ट्रीक कार ल्याउने अनुमान गरिरहेका छन् ।
भारतमा टोयोटा किर्लोस्कर मोटरले उत्पादन गर्ने कम्प्याक्ट एसयूभी मारुती सुजुकी ब्राण्ड नेममा पनि उपलब्ध हुनेछ । अहिले टोयोटाले ‘डी२२’ नाम दिएर यसको उत्पादनको तयारी गरिरहेको छ ।
टोयोटाको नयाँ एसयूभीको लम्बाई ४.३ मिटर हुने अनुमान गरिएको छ, जुन हुन्डाई क्रेटा, किया सेल्टोसको बराबर हो । टोयोटा र्याभ फोरबाट प्रभावित डिजाइनमा आउने यो एसयूभीलाई टोयोटा र दायहात्सुले एसियाली मुलुकहरुका लागि बनाएको डीएनजीए प्लेटफर्ममा बनिरहेको छ ।
विभिन्न चरणमा परिक्षण भएको यो एसयूभीमा स्प्लीट हेडल्याम्प क्लस्टर, एलइडी डे टाइम रनिङ लाइट र डायमण्ड कट अलोय ह्वील रहने प्रस्ट देखिएको छ । यो एसयूभीमा हाइब्रिड टेक्नोलोजी समावेस हुनेछ ।
यसको क्यावीनमा ९ इन्चको फ्लोटिङ टचस्कृन इन्फोटेन्मेन्ट डिस्प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, ३६० डिग्री क्यामरा, हेडअप डिस्प्ले, ६ वटा एयरव्याग, एड्जस्टेवल डिस्प्लेका साथै एडिएसमा आधारित क्रुज कन्टोल सिस्टम रहने अनुमान गर्न सकिन्छ ।

