काठमाडौं । भारत सरकारले तेस्रो मुलुबाट आयत गरिने बस्तुमा लाग्ने कर बढाएसँग आउँदो मे महिनाबाट टोयोटा कारले आफ्नो मूल्य बढाउने भएको छ । भारतमा टोयोटा मोटर उत्पादन गर्दै आएको किर्लोस्कर मोटर (केटीएम) कम्पनीले शो कुराको जानकारी दिएको हो ।
हाल, कम्पनीले लग्जरी एसयुभी ल्याण्डक्रुजर १ करोड ४१ लाख रुपैयाँ तथा ह्याचब्याग सेग्मेन्टको इटीयोस लिभा ५.४९ लाख भारतीय रुपैयाँमा बेच्दै आएको छ । केटीएमका सहायक प्रबन्ध निर्देशक एन राजाले भने ‘आयातमा लाग्दै आएको भन्सार दरले मूल्य समायोजनामा चुनौति थपेको छ, त्यसको विकल्प भनेको मूल्य बढाउनु नै हो ।’
अन्य अडी, जेअलार, मर्सिडिज बेन्जलगायतका कारको मुल्य यसअघि नै बढेको बताउँदै सोहीअुनपातमा टोयोटाका कारको मुल्य पनि बढ्ने उनले बताए । टोयोटाले भारतमा यो वर्ष ८ प्रतिशतले व्यापार बढ्ने प्रक्षेपण गरेको छ ।
गतवर्ष कम्पनीले ग्रामिण सहरमा तीनदेखि चार प्रतिशतले मात्र व्यापार बढाएको थियो । तर, यो वर्ष सेडान र ह्याचब्याग सेग्मेन्टका कारको वृद्धिदर ८ प्रतिशतको हाराहारीमा पुग्ने कम्पनीले जनाएको छ ।

