काठमाडौं । जनवरी १३ तारिखदेखि हुने अटो एक्स्पो २०२३ मा टोयोटाले कोरोला ह्याचव्याक जीआर देखाउने भएको छ । गाजो रेसिङ (जीआर) मोडलको यो ह्याचव्याक कार निकै पावरफुल इन्जिनमा रहेको छ ।
जापानी निर्माताले कोरोला जीआरमा १.६ लिटर थ्री सिलिण्डर टर्बो पेट्रोल इन्जिन दिएको छ । जसले ३०४ हर्सपावर तथा ३७० न्यूटन मिटर टर्क उत्सर्जन गर्छ । यसमा ६ स्पीडको म्यानुअल गियरबक्स पाउन सकिन्छ । फोर ह्वील ड्राइभ भएको कारण यसमा वेजोड पावर छ । कारलाई जम्मा ५ सेकेन्डमा शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा दौडाउन सकिन्छ ।
जीआर कोरोला टोयोटाको स्ट्याण्डर्ड ह्याचव्याक बनाउने टीएनजीए प्लेटफर्ममा बनेको हो । तर, जीआर पफर्मेन्स मोडल भएकोले यसको च्यासीस जोयन्टहरुमा एक्स्ट्रा वेलडीङका साथै हाई क्वालीटीको स्ट्रक्चर तथा कम्पोनेन्टहरु प्रयोग गरेर बनाइएको छ । धेरै लाइट वेट मेटेरियलको प्रयोग गरेर बनाइएकोले यसको कर्भ वेट १ हजार ४७४ केजी मात्रै रहेको छ ।
जीआर कोरोलामा व्ल्याक ट्रिम डिटेल्स, वाइड एयर इनटेक भएको ठूलो साइजको फ्रन्ट ग्रिल, फ्ल्याटेड ह्वील आर्क, बम्पर र फेन्डर्समा एयरडक, रियर डिफिउजर, प्रमिनेन्ट रियर विङ पाउन सकिन्छ । क्यावीन पनि मोटर स्पोर्टस् इन्सपायर्ड लेदरेड जीआर स्टेरिङ ह्वील, जीआर व्याजको सिटहरु तथा आल्मुनियम पेडल दिइएको छ ।

