काठमाडौं । टोयोटा मोटर्सले चर्चित पिकअप हाइलक्स भन्दा सस्तो मूल्यको नयाँ पिकअप ल्याउने भएको छ । टोयोटाले हाल इन्डोनेसिया जारी इन्टरनेसनल अटोशोमा नयाँ पिकअप ट्रकको कन्सेप्ट अनभिल गरेको हो ।
रंगा नाम दिइएको यो पिकअप चर्चित पिकअप हाइलक्सको तल पोजिसनिङ गरिएको छ । यसको मतलब रंगा पिकअप हाइलक्स भन्दा सस्तो मूल्यमा आउने छ ।
सुरूआतमा थाइल्याण्डमा बिक्री सुरू हुने यो पिकअपपछि साउथ एसियन र आसियान देशकहरूमा निर्यात हुने जानकारी दिइएको छ ।
टोयोटाको मस्कुलर डिजाइन र भर्सटायल क्यारेक्टर रहेको रंगामा पेट्रोल र डिजल दुवै इन्जिन अप्सन रहनेछ । भविष्यमा यो पिकअप हाइब्रिड तथा फुल्ली इलेक्ट्रीक पावरट्रेनमा समेत लन्च हुनेछ । यो पिकअप रियर ह्वील ड्राइभ र फोरह्वील ड्राइभ दुवै अप्सनमा उपलब्ध हुनेछ ।

यो पिकअप टोयोटाको हाइलक्सको जस्तै ल्याडर फ्रेम आईएमभी प्ल्याटफर्ममा बनेको छ । यसमा अग्रेसिभ फ्रन्ट फेसिया, बक्सी डिजाइन की हाइलाइट रहेको छ । रंगामा रेक्ट्रयाङ्गुलर हेडल्याम्प, चङ्की बम्पर, चामसेल बनेट तथा फ्ल्याट विण्डस्क्रीन रहेको छ ।

यो पिकअपलाई सजिलैसँग एम्बुलेन्स, आइसक्रिम ट्रक, फायर फाइटर, मोबाइल क्याफे, मोवाइल सर्भिस स्टेशन जस्ता आवश्यक प्रयोगका लागि कस्टुमाइज समेत गर्न सकिन्छ ।


