काठमाडौं । पछिल्ला केही वर्ष यता विश्व अटोमोबाइल इन्डष्ट्रीमा धेरै परिवर्तन भएको छ । अटोमोबाइल क्षेत्र इन्टरनल कम्बस्चन इन्जिन (आइसीई) बाट अहिले सस्टेनेवल इनर्जी फ्रेन्डिली हुँदै गएको छ ।
नयाँ नयाँ न्यू इनर्जी भेहिकल कम्पनीहरूले फ्युचरिस्टीक कार बजारमा उतारिरहेका छन् । जसका कारण विश्वमा आइसी इन्जिनमा राम्रो बजार विस्तार गरिरहेका कम्पनी पनि ईभी टेक्नलोजी स्वीकार्न बाध्य भएका छन् ।
यसैक्रममा, किया मोटर्सले पनि नयाँ नयाँ डिजाइनका ईभी बजारमा ल्याइरहेको छ । कम्पनीले सन् २०२१ मै ११ वटा फ्युचर ईभी शोकेस गरेको थियो । कम्पनीले ११ मोडलमा चलिरहेको आइसी इन्जीन र नयाँ डेडिकेटेड ईभी प्ल्याटफर्ममा आधारित ईभीहरू ल्याउने प्रतिबद्धता अनुरुप कियाको सेल्टोस साइजको ईभी ४ को कोरियामा रोडटेस्ट सुरू गरेको छ । यसलाई सर्वाधिक प्रतिस्पर्धी सेग्मेन्ट मानिन्छ ।
प्राप्त स्पाई सटहरूका अनुसार रोडटेस्ट गरिरहेकाे ईभी नेपाली बजारमा बिक्री भइरहेको सेल्टोस जस्तै देखिएको छ । यसमा सेल्टोसको जस्तै विण्डस्क्रीन, ए पिल्ललर, ओराभीएम तथा फ्रन्टडोर रहेको छ । यो कारको एलईडी डीआरएल भने फरक डिजाइनकाे देखिएको छ ।

कम्प्याक एसयूभी सेग्मेन्टको कियाको ईभी ४ मा ५० देखि ६० किलोवाट आवरको ब्याट्रीप्याक हुनेछ जसको रेन्ज ४०० किलोमिटर सम्मको हुने अनुमान गरिएको छ । नेपाल तथा भारत जस्तो प्राइस सेन्सेटीभ मार्केटमा बिक्री हुने हुनाले यो एसयूभीमा १०० किलोवाटको सिंगल मोटर फ्रन्टह्वील ड्राइभको अप्सन रहनेछ ।
कियाको ईभी४ ले निकट भविष्यमै बजारमा आउँदै गरेको क्रेटा ईभी, मारुती सुजुकी ईभीएक्स तथा महिन्द्राको बीई ०५ सँग प्रतिस्पर्धा गर्नेछ ।

