टोयोटाले बनाउने भयो सस्तो इलेक्ट्रीक कार, यस्तो छ तयारी

पछिल्लो समय संसारका अटोमोबाइल कम्पनी इलेक्ट्रीक भेहिकल निर्माणमा जुटेका छन् । यद्यपि, सस्तो मूल्यमा इलेक्ट्रीक कार भने निर्माण हुन सकिरहेको छैन । यस्तोमा टोयोटाले सस्तो मूल्यका इलेक्ट्रीक भेहिकल उत्पादन गर्ने घोषणा गरेको छ । 

कम्पनीले २०२१ सम्ममा आधुनिक डिजाइन तथा विशेषतासहितका ईभी उत्पादन गर्ने लक्ष्यकासाथ पानासोनिक कम्पनीसँग मिलेर काम गरिरहेको बताएको छ । 

भविष्यमा इलेक्ट्रीक सवारीसाधनकोे सम्भावनालाई अध्ययन गर्दै हाल टोयोटा र प्यानासोनिक कम्पनीले सहकार्यमा उच्च क्षमताका इलेक्ट्रीक कारमा प्रयोग हुने ब्याट्रीको उत्पादन गर्ने तयारी गरका छन् । टोयोटाले उक्त सहकार्यको ५१ प्रतिशत हिंसा आफूले लिएको छ । 

सहकार्यपश्चात् ब्याट्री उत्पादन गर्ने प्लान्टको जिम्मेवारी नयाँ कम्पनीलाई दिइएको छ । प्यानोसोनिकले यसअघिसम्म टेस्लाको ब्याट्रीको प्रयोग गर्दैआएको थियो । इलेक्ट्रीक ब्याट्री उत्पादनका लागि आफूहरूबीच भएको सहकार्यले ईभी निर्माणमा नयाँ अध्याय थपेको दुबै कम्पनीले जनाएका छन् । 

टोयोटा, ईभी मार्केटमा व्यावहारिकपन ल्याउने उद्देश्यसहित अगाडि बढेको कम्पनीले उल्लेख गरेको छ । दुबै कम्पनीले संयुक्तरुपमा सस्तो र सबैको पहुँचमा पुग्ने इलेक्ट्रीक कार निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

टोयोटाको दक्षिण अमेरिकी प्रेसिडेन्ट जिम–लेन्टले ईभी उत्पादनमा नयाँ रणनीति निर्माण गर्ने भन्दै चाँडै संसारभर ईभीको मार्केट विस्तार हुने विश्वास व्यक्त गरे । 

यसैबीच, गत अक्टोम्बरमा इलेक्ट्रीक कारको अध्ययन तथा अनुसन्धानका लागि टोयोटाले जेभ फ्याक्ट्री सञ्चालनमा ल्याउने घोषणा गरेको थियो भने २०१७ मा २०२० सम्ममा १० वटाभन्दा बढी प्रकारका इलेक्ट्रीक ब्याट्री र गाडीको उत्पादन गर्ने बताएको थियो । 


Back_to_top