यस्तो छ टोयोटाको मिनि र्‍याभफोर ‘राइज’, ५ दिनपछि बजारमा

टोयोटाले ५ दिनपछि बजारमा ल्याउने नयाँ एसयूभी राइजको तस्विरहरु ट्वीटर मार्फत सार्वजनिक भएको छ । कम्पनीले ल्याउने नयाँ सबकम्प्याक्ट एसयूभी राईज टोकियो मोटर शोमा डाइहात्सु ब्र्राण्डबाट सार्वजनिक भएको रक्कीको प्ल्याटर्फममा उत्पादन भएको हो ।

कम्पनीले डाइहात्सु रक्कीको तुलनामा राइजको इन्टेरियरमा निकै ठूलो परिवर्तन गरेको छ । साथै, यसको एक्स्टेरियर समेत रक्कीको तुलनमा उत्कृष्ट देखिएको छ । 

कम्पनीले आफ्नो पहिलो सबकम्प्याक्ट एसयूभीमा टोयोटाको सिग्नेचर स्टाइल ट्रप्याजोइल ग्रिल दिएको छ । जसले यो छोटो साइजको एसयूभीलाई मिनि र्‍याभफोर जस्तो देखाएको छ । ग्रिलको माथि लगाइएको टोयोटा लोगोले एसयूभीलाई निकै प्रिमियम देखाएको छ ।

यसमा कम्पनीले डेटाइम रनिङ लाईट, एलइडी हेडल्याम्प, फगल्याम्प, सर्कुलर हाउजिङको साथ होरिजेन्टल एलइडी ट्रिप, १७ इन्चको अलोय ह्वील जस्ता विशेषता दिएको छ ।

परम्परागत एसयूभीमा हुने सबै फिचर उपलब्ध रहने सबकम्प्याक्ट एसयूभी राइज टोयोटको कम मूल्य र फिचर प्याक्क डिएनजी प्याटफर्ममा तयार भएको हो । कम्पनीले यो प्ल्याटफर्म उदयीमान बजारलाई ध्यानमा राख्दै तयार गरेको हो । 

कम्पनीले राइजमा ८ इन्चको टचस्कृन इन्फोटेन्टमेन्ट सिस्टमलाई सेन्टर कन्सोलको नजिकै राखेको छ । थ्रि स्पोक स्टेरिङ ह्वील, हेग्जागोनल एसी भेन्ट, क्लाइमेन्ट कन्ट्रोल सिस्टम यसमा पाउन सकिन्छ ।

कम्पनीको पहिलो सबकम्प्याक्ट एसयूभीको लम्बाई ३९९५ एमएम, चौडाई १६२० एमएम र उचाई १६९५ एमएम रहेको छ भने २५२५ एमएमको ह्वीलवेस दिइएको छ ।

कम्पनीले पहिलो पटक १.० लिटर टर्बो इन्जिनमा एसयूभी बजारमा ल्याउने भएको हो । यसमा दिइएको १.० लिटर थ्रि सिलिण्डर, १२ भल्भ टर्बो पेट्रोल इन्जिनले ६००० आरपीएममा ९८ पीएस पावर र २४०० आरपीएममा १४० एनएम टर्क प्रदान गर्नेछ । यसमा अटोमेटिक र ६ स्पीड म्यानुयल गियरबक्स जडान गरिएको छ ।


Back_to_top