टोयोटाको नेक्स्ट जेनेरेशन हाइलक्स सार्वजनिक, इलेक्ट्रीकमा पनि ल्यायो

काठमाडौं । टोयोटाले नयाँ जेनेरेशनको हाइलक्स मोडल सार्वजनिक गरेको छ । कम्पनीले नवौं जेनेरेशन हाइलक्ससँगै पहिलो पटक इलेक्ट्री भर्सन समेत सार्वजनिक गरेको हो ।

थाइल्याण्डमा सार्वजनिक भएको नयाँ मोडलको हाइलक्स बोल्ड डिजाइनको , अपग्रेडेड इन्टेरियर सहित धेरै प्रकारको पावरट्रेनको अप्सन दिएको छ ।

नयाँ हाइलक्समा ल्याण्ड क्रुजरबाट प्रेरित टफ एण्ड अजाएल डिजाइन रहेको छ । यसमा मोर्डन टेक्नलोजी, अपग्रेटेड सेफ्टी फिचरका साथमा क्लिन इनर्जीको प्रयोगमा दरिलो फोकस रहेको छ ।

कम्पनीको सबैभन्दा ठूलो हाइलाइट हाइलक्सको बीईभी रहेको छ । यो ईभी टोयोटाले बनाएको पहिलो बडी अन फ्रेम इलेक्ट्रीक भेहिकल हो । यो ईभीमा ५९.२ किलोवाट आवरको एलएफपी ब्याट्रीप्याक रहेको छ ।

ड्युल ईएक्सल रहेको यो ईभी पर्मानेन्ट अलह्वील ड्राइभ हो । हाइलक्स ईभीको फ्रन्टमा २०५ न्युटन मिटरको टर्क र रियर ह्वीलमा २६८ न्युटन मिटरको टर्क पाउन सकिन्छ ।

टोयोटाको इलेक्ट्रीक हाइलक्सको २४० किलोमिटरको डब्लूएलटीपी रेन्ज रहेको छ । यो ईभीको ७१५ केजीको पेलोड र १.६ टनको टोइङ क्षमता रहेको छ ।

कम्पनीले इलेक्ट्रीक हाइलक्समा डिजेल भर्सनको जस्तै अफरोडिङ क्षमताको साथमा वाटर वेडिङ क्यापासिटी समेत समान रहेको बताएको छ । यसै वर्षको डिसेम्बरबाट हाइलक्स बीईभी बिक्री सुरू हुनेछ ।

टोयोटाले इलेक्ट्रीक मोडलको साथमा नयाँ ४८ भोल्टकाे हाइब्रिड भर्सन समेत सार्वजनकि गरेको छ । यो भर्सनमा २.८ लिटरको डिजल इन्जिन र ४८ भोल्टको ब्याट्री रहेको छ । जसले यसको पर्फमेन्स र फ्युल इफिसियन्सी बढाउँछ ।

हाइब्रिड हाइलक्सले १ टन सम्मको लोड र ३.५ टन सम्मको टोइङ क्षमता रहेको छ । कम्पनीले दुवै सहरी र अफरोड प्रयोगमा उपयुक्त हुने हाइलक्स हाइब्रिड सन् २०२६ को मध्यबाट बिक्री सुरू गर्ने योजना बनाएको छ ।


Back_to_top