जुलाई १ तारिखमा ल्याउँदै टोयोटाले नयाँ एसयूभी

काठमाडौं । टोयोटाले भारतमा उत्पादन गरिरहेको कम्प्याक्ट एसयूभी जुलाई १ तारिखमा सार्वजनिक हुने भएको छ । कम्पनीले मिडसाइज सेग्मेन्टमा क्रेटा र सेल्टोस जस्ता सफल मोडलसँग प्रतिस्पर्धा गर्न नयाँ एसयूभी ल्याउन लागेको हो ।

टोयोटाले उत्पादन कोडनेम  ‘डी२२’ दिएर काम गरिरहेको कम्प्याक्ट एसयूभी आगामी तिहारको आसपासबाट विक्री सुरु हुने अपेक्षा गरिएको छ । टोयोटाले यसको नाम के दिन्छ भन्ने विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन । यद्यपि केही अघि मात्रै ‘हाइडर’ नामबाट टोयोटाले नयाँ नामको ट्रेडमार्क दर्ता गरेरसँगै त्यहि नामबाट आउँछ कि भन्ने अनुमान गरिएको छ ।

भारतमा टोयोटा किर्लोस्कर मोटरले उत्पादन गर्ने कम्प्याक्ट एसयूभी मारुती सुजुकी ब्राण्ड नेममा पनि उपलब्ध हुनेछ ।

टोयोटाको नयाँ एसयूभीको लम्बाई ४.३ मिटर हुने अनुमान गरिएको छ, जुन हुन्डाई क्रेटा, किया सेल्टोसको बराबर हो । टोयोटा र्‍याभ फोरबाट प्रभावित डिजाइनमा आउने यो एसयूभीलाई टोयोटा र दायहात्सुले एसियाली मुलुकहरुका लागि बनाएको डीएनजीए प्लेटफर्ममा बनिरहेको छ ।

विभिन्न चरणमा परिक्षण भएको यो एसयूभीमा स्प्लीट हेडल्याम्प क्लस्टर, एलइडी डे टाइम रनिङ लाइट र डायमण्ड कट अलोय ह्वील रहने प्रस्ट देखिएको छ । यो एसयूभीमा हाइब्रिड टेक्नोलोजी समावेस हुनेछ । दुई इन्जिन अप्सनमा आउने यो एसयूभी फुल हाइब्रिड मोडल हुने अनुमान गरिएको छ ।

यसको क्यावीनमा ९ इन्चको फ्लोटिङ टचस्कृन इन्फोटेन्मेन्ट डिस्प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, ३६० डिग्री क्यामरा, हेडअप डिस्प्ले, ६ वटा एयरव्याग, एड्जस्टेवल डिस्प्लेका साथै एडिएसमा आधारित क्रुज कन्टोल सिस्टम रहने अनुमान गर्न सकिन्छ ।


Back_to_top