टोयोटाले देखायो एक दर्जन मोडल, यस्तो छ अर्वान क्रुजर ईभी (भिडियोमा)

काठमाडौं । टोयोटाले भारत मोविलिटी एक्स्पोमा एक दर्जन मोडल देखाएको छ । कम्पनीले टोयोटा र लेक्सस ब्राण्डका एक दर्जन बढी मोडल देखाएको हो ।

कम्पनीले देखाएको अर्वान क्रुजर कन्सेप्टसँगै प्रियसको विभिन्न भेरियन्ट, अल न्यू क्याम्री जस्ता मोडलहरु प्रदर्शनीमा राखिएको छ । धेरैको ध्यान खिच्न सफल अर्वान क्रुजर र एक्स भ्यान हो ।

मारुती सुजुकी ई-भिटारा र टोयोटा अर्वान क्रुजर मोडल भारतमा एउटै प्लान्टमा बन्ने भएको कारण पनि धेरैको चासो यसमा रहेको देखियो । दुई ब्याट्री अप्सन र तीन मोटर अप्सनमा आउने अर्वान क्रुजर कन्सेप्ट यही वर्षको मध्यबाट बजारमा आउने छ ।

लग्जरी लिमोदेखि हाइड्रोजन फ्यूलसेलमा आधारित अफरोड मेसिन देखाएको टोयोटाको स्टलमा रहेका कारहरु भिडियोमा हेर्न सक्नुहुनेछ ।


Back_to_top