नयाँदिल्ली। हिरो मोटोकर्पले हिरो एक्सपल्स २१० मोटरसाइकल सार्वजनिक गरेको छ । कम्पनीले आजदेखि भारतको नयाँदिल्लीमा सुरू भएको भारत मोबिलिटी एक्स्पो २०२५ मा उक्त मोटरसाइकल सार्वजनिक गरेको हो ।
हिरोले यसअघि यो मोटरसाइकल इक्मा अटो शो २०२४ मा पहिलो पटक प्रदर्शन गरेको थियो ।
एक्सपल्स २०० फोर भीकै समान डिजाइनमा एक्सपल्स २१० तयार पारेको भए पनि यसमा धेरै परिर्वतनहरू देखिएका छन् । तस्बिरमा देखिए अनुसार नयाँ एक्सपल्स २१० लाई कम्पनीले अझै अफरोड प्रेरित डिजाइनमा ल्याएको छ।
यसको फ्युल ट्याङ्कको डिजाइनमा परिर्वतन गरिएको छ भने, ट्याङ्क एक्स्टेन्सको प्रयोग गरिएको छ । यसको फ्रन्टमा २१ र रियरमा १८ इन्चको डलब पर्पस टायरको प्रयोग गरिएको छ ।
यो मोटरसाइकलको फ्रन्टमा ४३ एमएम फुल्ली एडजष्टेबल यूएसडी फर्क देख्न सकिन्छ भने, २०५ एमएम ट्राभल मोनोशक सस्पेन्सन पाउन सकिन्छ । यो मोटरसाइकलमा स्वीचएबल डबल च्यानल एबीएस, ४.२ इन्च टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्ट कनेक्ट फिचर उपलब्ध छ ।
यसमा प्रयोग भएको २१० सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिनले २४।६ बीएच पावर तथा २०।७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।