नयाँ दिल्ली । मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक मोडल ई-भिटारा सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो पहिलो इलेक्ट्रीक एसयूभी भारत मोविलिटी एक्स्पो २०२५ मार्फत सार्वजनिक गरेको हो ।
भारत मोविलिटी एक्स्पो २०२५ मा सार्वजनिक भएको ई-भिटारामा एलएफपी ब्लेड ब्याट्री प्रयोग भएको छ । यसमा ४९ किलोवाट आवर र ६१ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ । मार्च महिनाबाट बिक्री सुरु गर्ने बताइएको ई-भिटाराले धेरैको ध्यान खिच्न सफल भएको हामीे देख्यौं ।
सुजुकीले यसलाई फ्रन्ट ह्वील ड्राइभ अप्सनमा १०६, १२८ र १३५ किलोवाटको तीन मोटर अप्सनमा ल्याउने जानकारी दिएको छ । ई-अलग्रिप अप्सन भएको अल ह्वील मोटर भने अगाडि १३५ र पछाडि ४८ किलोवाट आवरको मोटरा उपलब्ध हुनेछ ।
सुजुकीको नयाँ ईभी टेक्नोलोजी र फिचरले भरिपूर्ण ई-भिटारामा अगाडि र पछाडि नै ट्राइस्ल्यास डिजाइनको एलइडी डीआरएल दिएको छ । चार्जिङ पोर्ट भने फ्रन्टमा पाउन सकिन्छ ।
ई-भिटारामा इन्टेरियरमा फ्लोटिङ ड्यूल स्क्रीन, अटोमेटीक क्लाइमेट कन्ट्रोल, ३६० डिग्री क्यामरा, टु स्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, एडास सिस्टम, प्यानारोमिक सनरुफ, इलेक्ट्रोनिक पार्किङ ब्रेक, अटो होल्ड, हिल डिसेन्ट कन्ट्रोल, हिटेड ओआरभीएम, वायरलेस फोन चार्जर लगायत फिचर छन् ।
मारुती सुजुकी ई-भिटाराको लम्बाइ ४२७५ एमएम, चौडाइ १८०० एमएम र १६३५ एमएमको उचाइ रहेको छ । यो ईभी २७०० एमएमको ह्वीलवेसमा बनेको हो । ई-भिटारा अल ह्वील ड्राइभमा १९ इन्चको ह्वील छ । सिंगल ह्वील ड्राइभ भर्सनमा भने १८ इन्चको ह्वील छ ।
टोयोटाको ४० पीएल बर्न इलेक्ट्रीक प्लेटफर्ममा बनेको यो मिडसाइज एसयूभी भारतमा बिक्री सुरु भएको केही महिनामै नेपाली बजारमा पनि बिक्रीको लागि उपलब्ध हुनेछ ।
टोयोटाले पनि यही प्लेटफर्ममा नयाँ मोडल अर्वान क्रुजर कन्सेप्ट देखाएको छ ।