आइतबारदेखि सुजुकीको एक्सचेन्ज मेला, १ लाखसम्म थप मूल्यांकन पाइने

काठमाडौं । सुजुकीको मोटरसाइकल तथा स्कुटरको ‘एक्स्चेन्ज मेला’ हुने भएको छ ।

सुजुकीको नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले माघ ६ गतेदेखि १५ गतेसम्म ‘एक्स्चेन्ज मेला’ आयोजना गर्ने भएको हो ।
उक्त मेलामा ग्राहकले आफूसँग भएको जुनसुकै ब्राण्डका पुराना दुईपाङग्रे साधनसँग सुजुकीको नयाँ मोटरसाइकल र स्कुटर साट्न सक्नेछन् ।

साथै, ग्राहकले एक्स्चेन्ज मार्फत १५ हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म ग्यारेन्टेड थप मूल्याङकन पाउने कम्पनीले बताएको छ ।

कम्पनीले ग्राहकको सहजताका लागि अन द स्पट इजी फाइनान्स सुविधाका साथै, स्ट्रेस फ्री ओनरसिप, हसल फ्री एक्स्चेन्ज प्रोसेस र इजी डकुमेन्टेसन जस्ता सुविधाहरू प्रदान गर्ने छ ।

एक्स्चेन्ज मेलाका अफरहरू सुजुकीका नेपालभर रहेका आधिकारिक शोरुमहरूमा लागू हुने कम्पनीले जनाएको छ ।

 


Back_to_top