कियाले भारतमा ७ सिटे हाइब्रिड एसयूभी ल्याउने

काठमाडौं । किया इण्डियाले भारतीय बजारलाई लक्षित गर्दै नयाँ ७ सिटे एसयूभी ल्याउने भएको छ । कम्पनीले भारतीय बजारमा लन्च गरी विश्वका अन्य देशमा समेत बेच्ने गरी कोडनेम ‘एमक्यू फोरआइ’ रहेको एसयूभी ल्याउने भएको हो ।

यो एसयूभीले महिन्द्राको एक्सयूभी ७०० र टाटाको सफारीसँग प्रतिस्पर्धा गर्नेछ । कियाको सोरेन्टोकै साइज भएमा यो नयाँ एसयूभीको लम्बाइ ४८०० एमएम र ह्वीलबेस २८०० एमएम रहने छ ।

यो एसयूभीमा १.५ लिटरको पेट्रोल इन्जिनको साथमा हाइब्रिड पावरट्रेन समेत रहने छ । यो एसयूभीमा सोरेन्टोको प्ल्याटफर्म प्रयोग भए पनि यसको बडिस्टाइल तथा नाम भने पक्कै फरक हुनेछ ।

भारतीय बजारमा बढ्दो ७ सिटे एसयूभीको मागलाई ध्यानमा राख्दै मारुती सजुकीले पनि ग्राण्ड भिटारा तथा टायोटाले पनि हाइराइडरमा हाइब्रिड पेट्रोल अप्सनमा थ्रीरो एसयूभी विकास गरिरहेका छन् ।


Back_to_top