टोयोटाले आफ्नो कम्प्याक्ट सेडान यारिसमा गर्‍यो अपग्रेटेड

टोयोटाले २०१८ मा अल न्यू यारिस सार्वजनिक गरेको थियो । सुरुवाति दिनमा भारतीय बजारमा निकै राम्रो व्यापार गरेको टोयोटाको मिडसाइज सेडन कार यारिसको कम्पनीले पुन केही फिचर अपग्रेड गरेर बजारमा ल्याएको छ । 

कम्पनीले परिमार्जित संस्करणलाई सात भेरियन्टमा सार्वजनिक गरेको हो । यसको लो भेरियन्टको मूल्य ८ लाख ६५ हजार र टप भेरियन्टको मूल्य १४ लाख ७ हजार भारु निर्धारण गरिएको छ । 

डिउल टोन कलर अप्सनमा नयाँ यारिस सार्वजनिक भएको छ । साथै, कारमा नयाँ डायमन्ड कट अलोय ह्वील, लेदरसिट, ग्रिलमा ब्ल्याक फिनीश, विंग मिररजस्ता फिचर थप गरिएको छ । करमा १७ इन्चको अलोय ह्वील लगाइएको छ भने, ७.० इन्चको टचस्क्रिन इन्फोटेनेमेन्ट सिस्टमको व्यवस्था गरिएको छ । 

१.५ लिटर डबल भिभिटी आइफोर सिलिन्डर इन्जिन लगाइएको छ । यसले १०९ पीएस पावरका साथै १४० न्युटनमिटर टर्क उत्पादन गर्छ । साथै, इन्जिनमा ६ स्पीड म्यानुअल ट्रान्समिसनका साथै सिभीटी अप्सन उपलब्ध रहेको छ । 


Back_to_top