लेन अनुशासनमा कडाइ, १५० चालक कारबाहीमा

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा लेन अनुशासन कायम गर्न विशेष सचेतना तथा कारबाहीलाई तीव्रता दिएको छ ।

ट्राफिक प्रहरीले आइतबार मात्रै काठमाडौंका विभिन्न क्षेत्रमा ट्राफिक नियम उल्लंघमा लेन अनुशासन कायम नगर्ने १५० वटा सवारी साधनका चालकहरूलाई कारवाही गरेको हो ।

लेन अनुशासन उल्लंघन गर्नेलाई ५०० रुपैयाँदेखि १५०० रुपैयाँसम्म जरिवाना हुन्छ । साथै, सचेतना कक्षा समेत लिनुपर्नेछ ।

लेन अनुशासन कायम नगर्ने गतिविधिहरू नियन्त्रण गर्न विशेष निगरानी गरिने ट्राफिकले जनाएको छ ।


Back_to_top