काठमाडौं । यातायात व्यवस्था कार्यालय वीरगञ्जले गत आर्थिक वर्ष २०८१/८२ मा डेढ अर्ब रुपैयाँ बढी राजस्व संकलन गरेको छ ।
कार्यालयले गत आवमा कुल १ अर्ब ६२ करोड ४० लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । सवारी नवीकरण, सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट उक्त राजस्व संकलन भएको हो।
अघिल्लो आवको तुलनामा गत आवमा करिब १० करोड रुपैयाँ धेरै राजस्व संकलन भएको कार्यालयका प्रमुख कुसेश्वर साहले बताए । उनका अनुसार आर्थिक वर्ष २०८०/८१ कुल १ अर्ब ५२ करोड ५१ लाख राजस्व संकलन भएको थियो ।
गत आवमा सवारीसाधन करबाट सबैभन्दा बढी १ अर्ब २२ करोड १९ लाख ९ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
त्यस्तै, चालक अनुमति पत्र, सवारी दर्ता किताब सम्बन्धी दस्तुरबाट ३२ करोड १६ लाख १६ हजार रुपैयाँभन्दा बढी संकलन भएको छ।
रुट परमिट, पटके, प्रदूषण तर्फबाट पनि ८ करोड ५० लाख, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट भने १४ हजार ५०० रुपैयाँ संकलन भएको छ ।

