नाइमा मोबिलिटी एक्सपोमा सार्वजनिक हुँदै ‘क्यारी’काे इलेक्ट्रीक भ्यान

काठमाडौं । यही साउन २१ गतेदेखि आयोजना हुने ‘नाइमा मोबिलिटी एक्सपो २०२५’ मा ‘क्यारी’ ब्राण्डका दुई नयाँ विद्युतीय भ्यानहरू सार्वजनिक हुने भएका हुन् ।

लक्ष्मी ग्रुप अन्तर्गतको एलएक्सजी मोटर्स प्रालिले चिनियाँ विद्युतीय सवारी ब्राण्ड ‘क्यारी’ नेपाली बजारमा ल्याउने भएको हो ।

क्यारी’ ब्राण्ड विश्वकै अग्रणी अटोमोबाइल निर्माता चेरी कमर्सियल भेहिकल्स अन्तर्गत पर्दछ । जुन आफ्नो विश्वसनीयता, सुरक्षा, र उत्कृष्ट प्रदर्शनका लागि विश्वभर परिचित छ ।

क्यारी ब्राण्ड अन्तर्गत केभान १ र केभान २ भेरिएन्टका इलेक्ट्रीक भ्यान लन्च गर्न लागिएको हो । व्यावसायिक प्रयोजनका लागि आधुनिक खैरो रङमा ’कमर्सियल भेरियन्ट’ र स्कुल/कलेज प्रयोजनका लागि सुरक्षात्मक पहेँलो रङमा ’स्कुल भेरियन्ट’ उपलब्ध हुनेछन् ।

५३ किलोवाट आवर क्षमताको सिएटिएल ब्याट्री जडान गरिएको यी भ्यानले एक पटकको फुलचार्जमा अधिकतम ३०० किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । गाडीको औपचारिक लन्च र विस्तृत जानकारी नाइमा मोबिलिटी शो २०२५ मा दिइने कम्पनीको भनाइ छ ।

हुन्डाई र बीएमडब्ल्यू जस्ता विश्वस्तरीय अटोमोबाइल ब्राण्ड तथा कमर्सियल भेइकलमा एसएमएल इसुजुको समेत आधिकारिक वितरक रहेको लक्ष्मी ग्रुपले आफ्नो विद्युतीय यात्रालाई निरन्तरता दिँदै पूर्णतः विद्युतीय व्यावसायिक सवारीको क्षेत्रमा नयाँ आयाम थप्न लागेको छ ।


Back_to_top