त्रिवेणी ग्रुपले ल्यायो डोङफेङका ११ सिटे र १४ सिटे भ्यान

काठमाडौं । त्रिवेणी ग्रुप अन्तर्गतको त्रिवेणी अटो कर्पले चिनियाँ ब्रान्डको इलेक्ट्रीक भ्यान नेपाल भित्र्याएको छ ।

कम्पनीले आजदेखि नेपाली बजारमा ११ सिट र १४ सिट क्षमताका दुई मोडलका इलेक्ट्रीक प्यासेन्जर भ्यानको बिक्री सुरू गरको हो । साथै, कम्पनीले बालकुमारीमा नयाँ शोरुमा समेत संचालनमा ल्याएको छ ।

कम्पनीले भित्र्याएको डोङफेङ ११ सिट क्षमताको भ्यानमा ५० किलोवाट क्षमातको मोटर तथा ४२ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसलाई एक पटक फुलचार्ज गरेर ३०० किलोमिटरसम्म चलाउन सकिने कम्पनीले बताएको छ ।

त्यस्तै १४ सिट क्षमताको भ्यानमा ८० किलोवाट क्षमताको मोटरका साथै, ५० किलोवाट आवारको ब्याट्री उपलब्ध रहेको कम्पनीले जनाएको छ । यसलाई पनि एक पटक फुलचार्ज गरेर ३०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

डोङफेङका भ्यानहरूमा चर्चित ब्याट्री निर्माता कम्पनी सीएटीएइलका ब्याट्री प्रयोग गरिएको छ । कम्पनीले नेपालका विभिन्न सहरहरूमा सर्भिस, पार्टस तथा चार्जिङ सेवासहितको शोरुमहरू संचलानमा ल्याएको जनाएको छ ।

कम्पनीले हाइवेका विभिन्न स्थानहरूमा चार्जिङ नेटवर्क निमार्णको काम सुरू गरिसकेको छ । जनकपुर, इटहरी, वीरगंज, पोखरा, धनगढी, नारयणघाट, ललितपुर, भक्तपुर लगायतका स्थानहरूमा आफ्नो सेवा विस्तार गरिसकेको जनाएको छ ।

त्रिवेणी अटोकर्पले काठमाडौं बाहुनधारा, जोरपाटीमा सुविधासम्पन्न सर्भिस सेन्टरको स्थापना गरेको छ ।


Back_to_top