नयाँ फिचर र डिजाइनसहित आयो हुन्डाई टुसान

काठमाडौं । हुन्डाईले चौथो जेनेरेशन टुसान सार्वजनिक गरेको छ । कोरियन कम्पनीले कोरियाबाट यसको ग्लोबल प्रिमियर गरेको हो । नयाँ जेनेरेशन टुसान सुरुमा कोरियाबाटै बिक्री सुरु हुने भएको छ ।

कम्पनीले त्यसपछि क्रमिकरुपमा अमेरिका, यूरोप र अन्य एशियाली देशहरुमा यसको बिक्री सुरु गर्ने योजना बनाएको छ । कम्पनीले ल्याएको नयाँ जेनेरेशन टुसान पुरानोको तुलनामा विल्कुलै फरक डिजाइन र फिचरले भरिएको छ ।

राउन्ड ड्यासबोर्ड दिइएको यो एसयूभीमा १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले, १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कन्सोलमा सिट भेन्टीलेसन बटम, अन्य कामको लागि बटम, टेडिस्नल गियर लिभरलाई परिवर्तनगरि बटम प्रदान गरिएको छ ।

यसमा वायरलेस चार्जर, सनरुफ, एयर प्यूरिफायर, ६४ कलरको एम्बीयन्ट लाइट, ३६० डिग्रि क्यामेरा, ड्राइभर सिट मेमोरी, रियर एसि भेन्ट, स्मार्ट फोनबाट चलाउन सकिने डिजिटल कि, हुन्डाई व्ल्यूलिंक कनेक्टीभीटी, बोसको साउन्ड सिस्टम जस्ता फिचर उपलब्ध रहेको छ ।

१.६ लिटर टर्बो पेट्रोल, २.५ लिटर पेट्रोल र २.० लिटर टर्बो डिजेल इन्जिन दिएको छ । साथै, प्लगइन हाइब्रिड मोडल पनि आउने बताइएको छ । तर त्यसको विस्तृत विवरण सार्वजनिक भएको छैन । हाइब्रिड मोडल सर्वाधिक पावरफुल हुने छ ।


Back_to_top