बिहिबारबाट लामोदुरीका सवारीसाधन चल्ने, संक्रमण बढे स्थानीय प्रशासनले रोक्न सक्ने

काठमाडौं । बिहिबारबाट लामोदुरीका सवारीसाधन संचालनमा आउने भएको छ । चैत ११ गतेपछि पहिलो पटक सरकारले लामोदुरीका सवारी साधन संचालनमा ल्याउने भएको हो ।

सरकारले गरेको लकडाउनपछि पहिलो पटक संचालनमा ल्याउन लागेको सार्वजनिक यातायातमा स्वास्थ्य सुरक्षाको मापदण्ड भने अनिर्वायरुपमा पालना हुनु पर्ने मन्त्रीपरिषद्ले निर्णय गरेको हो ।

संचालनमा आउने यातायातका साधनले क्षमताको ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने छन् भने उनिहरुले नियमित समयको तुलनामा ५० प्रतिशत भाडा बढी लिन पाउने छन् । बसले यात्रु राख्दा एक लहरको सिटमा एक जना मात्र राख्न पाउने छन् ।

मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रबक्ता तथा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने ‘असोज १ गतेबाट लामो दुरीका यातायातका साधन संचालनमा आउने छन् । उनिहरुले अनिर्वायरुपमा ताोकिएको स्वास्थ्य मापदण्ड पुरा गर्नु पर्ने छ ।’

यदि भोलिका दिनमा संक्रमण जोखिम बढेको खण्डमा स्थानीय प्रशासनले आवश्यक निर्णय गर्ने सक्ने मन्त्री परिषदको निर्णयमा उल्लेख छ ।


Back_to_top