टीभीएस एनटर्कका पहिलो ५० खरिदकर्ताले चर्चीत र्‍यापर वादशाहलाई भेट्न पाउने

काठमाडौं । १४ औ दरबारमार्ग स्ट्रीट फेस्टिवल अगामी शनिवार आयोजना हुँदैछ । टीभीएस मोटर्स इन्डिया र जगदम्बा मोटर्स नेपालको सहकार्य सुरु भएको तीन वर्ष पुगेको अवसरमा काठमाडौंको मुटु दरबारमार्ग आयोजना हुने यस कार्यक्रममा भारतीय र्यापर किङ्ग बादशाहले लाईभ पफर्मेन्स गर्ने छन् । 

साथै, उक्त कार्यक्रममा नेपालका चर्चीत कलाकारहरु इन्दिरा जोशी, एडरे, एज व्याण्ड, बुगी उगीका टप थ्री तथा नेपाल आइडलका टप थ्री कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । सो फेस्टिवलमा खानाका स्टलहरुको साथै किड्स जोन पनि रहनेछ । 

उक्त दिन दर्वारमार्गका आउटलेटहरुमा डिस्काउन्टमा सपिङ्गसमेत गर्न सकिने आयोजकले जनाएका छन् । यो कार्यक्रम आश्विन ६ गते दरवारमार्गमा १२ बजेबाट सुरु हुनेछ । 

उक्त कार्यक्रममा टीभीएस एनटर्कका पहिलो ५० जना ग्राहकहरुले बादशाहसँग भेट्ने अवसर प्राप्त गर्नेछन् । साथै कार्यक्रमको आकर्षणको रुपमा मिरर डान्स, रक क्लाइम्वीङ्ग रहने छ । 

एक जना भाग्यसाली दर्शकलाई बम्पर प्राइज स्वरुप टीभीएसको एनटर्क स्कुटर प्रदान गर्ने अयोजकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 


Back_to_top