काठमाडौं । टीभीएसले सुर्खेतमा आपाचे ओनर ग्रुप (एओजी) रोमाञ्चक राइड कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले असोज १ गते शनिवार सुर्खेतदेखि वीरेन्द्रनगर १४ को स्टे होटल भ्याली भ्यूसम्म उक्त राइड आयोजना गरेको थियो । उक्त राइडमा ३५ जना राइडरले सहभागिता जनाएका थिए ।
कार्यक्रममा राइड/भ्लगर प्रज्वल बस्नेत र रुपेश बिक लगायतको सहभागीता थियो । उनीहरुले सुर्खेतमा टीभीएसको नेतृत्वमा यसपटक राइड आयोजना भएकोमा खुशी ब्यक्त गरे । उनीहरुले राइडका क्रममा सडक सुरक्षा सम्वन्धी थप जानकारी समेत मिलेको बताए ।
कार्यक्रमा मन्तब्य राख्दै राइड/भ्लगर विकले यो राइड आफुहरुको लागि गर्वको विषय भएको बताए ।
‘पश्चिम नेपालको सुर्खेतमा यस किसिमको कार्यक्रमको आयोजना हुनु स्वागत योग्य छ । यस्ता कार्यक्रम आगामी दिनमा पनि हुँदै जाने अपेक्षा गरेको छु’, विकले भने ।
टीभीएसले हालसम्म एओजी राइड कार्यक्रम अन्तर्गत काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, नारायणी च्यापटर, धनगडीमा सम्पन्न गरिसकेको छ ।
जगदम्बा मोटर्स प्रालिले आधिकारीक विक्रेताको रुपमा टीभीएस लिएसँगै निकै आक्रमक बजार बिस्तारमा कम्पनी लागि परेको छ । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जाल छ ।
गुणस्तरीय उत्पादन, विक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता गराउँदै आएको छ ।


