काठमाडौं । बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले ‘स्टेट अफ आर्ट’ सर्भिस सेन्टरको सुभारम्भ गरेको छ । कम्पनीले आज एक कार्यक्रम आयोजना गरी आफ्नो भब्य सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।
उक्त सर्भिस सेन्टरको उद्घाटन नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आज एक कार्यक्रमका बीच गरेका हुन् ।

सन् २०१७ देखि नेपाली बजारमा उपलब्ध बीवाइडीले पहिलो पटक सुविधा सम्पन्न सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।
नयाँ सर्भिस सेन्टरको उद्घाटनमा मन्तब्य राख्दै साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन्, ‘हामी ग्राहकलाई उत्कृष्ट सेवा दिन चाहन्छौं । बढ्दो विद्युतीय सावरीसाधनको माग र त्यसमा आउन सक्ने समस्याको विषयमा सजग हुँदै अगाडि बढ्नु आज सबै विद्युतीय गाडी विक्रेताको जिम्मेबारी हो । त्यो जिम्बेवारीलाई पूर्ण आत्मबोध गर्दै हामीले स्टेट अफ आर्ट सर्भिस सेन्टर बनाएका हौं ।’

करिब २७ हजार स्क्वाय फिटमा फैलिएको सर्भिस सेन्टर उद्घाटन गर्दै नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमा घिसिङले भने, ‘यस्ता सर्भिस सेन्टरहरु निर्माण हुनुपर्छ । देशभर सर्भिस सेन्टर र चार्जिङ नेटवर्कको विस्तार हुन सकेमात्रै सबै उपभोक्ताको विद्युतीय साधनमा आत्मबल बढ्छ । बीवाइडीले जसरी सर्भिस सेन्टर विस्तारमा काम गरेको छ यो फैलदै जाओस् ।’

अहिले ६ वटा वे निर्माण गरेर संचालनमा ल्याइएको यो सर्भिस सेन्टरमा ४ वटा वे पछि थप्न मिल्नेगरी तयार गरिएको छ । यहाँ गाडीलाई आवस्यक पर्ने स्पेयर पार्टस्को वायर हाउस पनि तयार गरिएको छ ।



