टीभीएसको मोटरसाइकल किन्दा ६ पटक पुरस्कार जित्न सकिने

काठमाडौं । टीभीएस मोटरसाइकलको आधिकारीक विक्रेता जगदम्बा मोटर्सले ‘६ प्राइजमा सुपरराइज’ स्कीम सार्वजनिक गरेको छ । कम्पनीले आउँदै गरेको दशैं–तिहारलाई लक्षित गरेर यो योजना सार्वजनिक गरेको हो ।

कम्पनीले मोटरसाइकल नकिन्दैदेखि किनेपछि, दैनिक, हरेक हप्ता, हरेक महिना र बम्पर प्राइज गरेर छ पटक उपहार जित्नसक्ने योजना ल्याएको हो ।

जगदम्बा मोटर्सको स्कीममा नकिन्दै १ लाखसम्म, किनेपछि १० लाखसम्म, दैनिक रियलमी सी २० स्मार्टफोन, हरेक हप्ता मोटरसाइकल किने बराबरको १०० प्रतिशत क्यासव्याक, हरेक महिना एक जनालाई अपाचे आरआर ३१० र बम्पर उपहारमा प्रोटोन सागा कार दिने योजना ल्याएको हो ।

उक्त उपहार योजनाको विजेता घोषणा लक्ड्र मार्फत गर्ने कम्पनीले जनाएको छ । लक्की ड्र कार्यक्रम हरेक शुक्रबार हिमालयन टेलिभिजनबाट प्रशारण हुने छ ।

टीभीएसले नेपाली बजारमा अपाचे सिरिजका मोटरसाइकल, एनटर्क १२५ को विभिन्न भेरियन्ट, जुपीटर, विगो जस्ता स्कुटरलगायतका मोडल विक्री गर्दै आएको छ ।


Back_to_top