काठमाडौं । टीभीएस मोटरसाइकलको लागि नेपालको आधिकारीक बितरक जगदम्बा मोटर्सले नयाँ एक्सचेन्ज अफर सार्वजनिक गरेको छ ।
टीभीएस अपाचे आरटीआर १६० ४भी, १६०, १८०, २००, २०० ४भी बाइक तथा स्कुटरतर्फ जुपिटर, जुपिटर क्लासिक, एनटर्क, वीगोलगायतमा यो योजना लागु हुने कम्पनीले उल्लेख गरेको छ ।
ग्राहकले कुनै पनि बाइक लिएर गएर टीभीएस नयाँ बाइकसगँ एक्सचेन्ज गर्न सक्नेछन् । कुनै पनि कम्पनीको बाइकको न्युनतम मूल्य २५ हजार रुपैयाँ मुल्याङ्कन हुने कम्पनीले जनाएको छ । ग्राहकले २० प्रतिशत डाउन पेमेन्ट गरेर ० प्रतिशत ब्याजदरमा बाइक प्राप्त गर्न सक्नेछन् ।
उक्त योजना अन्तर्गत ग्राहकले स्क्रयाच कार्डमार्फत ७ हजार देखि १ लाखसम्म नगद जित्ने मौका प्राप्त गर्ने छन् । उक्त योजना पुस २५ गतेदेखि सुरु भएर २९ पुस २०७५ सम्म लागु हुने कम्पनीले जनाएको छ ।
यो योजनामा हरेक ग्राहकले बाइक खरिदमा ८ हजार बराबरको गिफ्ट प्राप्त गर्न सक्ने छन् । जसमा हेल्मेट, पन्जा, बाइक कभर र ब्याग रहेको छ । उक्त एक्सचेन्ज अबधिमा फ्रि हेल्थ क्याम्प, स्टन्ट शो तथा स्लो राइड प्रतियोगिता जस्ता विभिन्न कार्यक्रम रहेको कम्पनीले जनाएको ।


