काठमाडौं । टीभीएस मोटर्सले नयाँ ब्याट्री प्याकमा आइक्यूवको नयाँ भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा ३.१ किलोवाट आवरको ब्याट्री प्याकमा नयाँ आइक्यूब सार्वजनिक गरेको हो ।
कम्पनीले १ लाख १० हजार रुपैयाँ (एक्स शोरुम) मूल्य तोकेर आइक्युब सार्वजनिक गरेको हो ।
टीभीएसले इन्ट्रिलेभल भेरियन्टमा २.२ किलोवाट आवर र टप भेरियन्ट ३.५ किलोवाटको मिड रेन्जका रुपमा ३.१ किलोवाट आवर ब्याट्री भएको भेरियन्ट ल्याएको हो ।
टीभीएसले आइक्यूबको टप भेरियन्टको मूल्य भारतमा १ लाख २३ हजार ३७९ रुपैयाँमा बिक्री गर्दै आएको छ । त्यसकोभन्दा १३ हजार ३८३ रुपैयाँ कम मूल्य राखेर मिड भेरियन्ट ल्याएको हो ।
यो ब्याट्रीलाई एक पटक फुल चार्ज गरेर १२३ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।
यसका अलावा यो ब्याट्रीलाई सामान्य चार्जरमा चार्ज गर्दा ४ घन्टामा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै फास्ट चार्जरको प्रयोगले यसलाई २ घन्टा ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।
टीभीएस आइक्यूवमा ४.६ किलोवाट क्षमताको मोटर रहेको छ । यसले १४० एनएम पीक टर्क जेनेरेट गर्छ । यसको टप स्पीड क्षमता ८२ किलोमिटर प्रतिधन्टा रहेको छ ।
आइक्यूबमा ५ इन्चको टीएफटी डिस्प्लेसहित स्मार्ट कनेक्ट फिचर उपलब्ध रहेको छ । स्कुटरमा रिभर्स सहितको पावर तथा इकोनोमी मोड उपलब्ध छ ।

