काठमाडौं । टीभीएसको ‘अल्टिमेट मनसुन एक्स्सचेन्ज मज्जा’ स्कीम सार्वजनिक भएको छ । टीभीएस मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ दुईपाँग्रे सवारीसाधन किन्न चाहले ग्राहकलाई लक्षित गर्दै यो अफर ल्याएको हो ।
कम्पनीका अनुसार यस स्कीममा लो डाउन पेमेन्ट, नगद छुट, ब्याज नलाग्ने स्कीम तथा थप मूल्याङ्कन पाइने छ । यो स्कीममा लो डाउन पेमेन्ट अन्तर्गत ग्राहकले २५ प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर किन्न सक्ने छन् ।
त्यस्तै, नगदमा मोटरसाइकल किन्ने ग्राहकले ८ हजार र स्कुटर किन्ने ग्राहकले ७ हजार नगद छुट पाउने छन् । हरेक स्कुटर तथा मोटरसाइकलमा हेलमेट निःशुल्क उपलब्ध गराउने भएको छ ।
कम्पनीको २५ प्रतिशत डाउन पेमेन्टमा टीभीएसको रेडर १२५ खरिद गर्दा ग्राहकले ६६ हजार डाउन पेमेन्ट गरेर मोटरसाइकल घर लान सक्नेछन् । यस बाहेकको रकम ग्राहकले १२ महिना र २४ महिनाको किस्तामा बुझाउन सक्नेछन् । १२ महिनामा बाँकी रकम बुझाउँदा १५ प्रतिशत ब्याज र २४ महिनामा बुझाउँदा १८ प्रतिशत ब्याज बुझाउनु पर्ने हुन्छ ।
२४ महिनाको मासिक किस्तामा रेडर किन्ने ग्राहकले मासिक ९ हजार ८८५ रुपैयाँका दरले बुझाउनु पर्छ । जगदम्बा मोटर्सले टीभीएस रेडरको मूल्य २ लाख ६४ हजार ९०० रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।
यस्तो छ टीभीएस रेडर १२५
निकै स्टाइलिस डिजाइन र मस्कुलर फ्यूल ट्याङ्क, स्लीक वेली प्यान र स्प्लीट सिट रेडर १२५ को मुख्य आकर्षण हो । राइडर १२५ अर्को मुख्य आकर्षण यसको पावर हो । यसमा रहेको १२५ सीसी क्षमताको इन्जिन निकै पावर फुल रहेको छ । यसमा रहेको १२४.८ सीसी क्षमताको थ्री भल्भ इन्जिनले ७५०० आरपीएममा ११.३८ पीएस पावर र ६००० आरपीएममा ११.२ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।
टीभीएसले रेडरमा अगाडि टेलिस्कोपिक फर्क र पछाडि ग्यास चार्ज्ड मोनोशक सस्पेन्स दिइएको छ । यसमा रहेको २४० एमएमको फ्रन्ट डिस्क र १३० एमएमको रियर ड्रम ब्रेक उत्कृष्ट रहेको छ ।

