टीभीएसले किन्यो स्वीजरल्याण्डको इलेक्ट्रीक साइकल ब्राण्ड

काठमाडौं । टीभीएले माटर्सले इलेक्ट्रीक साइकल कम्पनी खरिद गरेको छ । कम्पनीले स्वीस इ मोबिलिटी ग्रुप (एसइएमजी) को ७५ प्रतिशत सेयर खरिद गरेको हो ।

एसइएमजी स्वीजरल्याण्डमा सबैभन्दा ठुलो इलेक्ट्रीक साइकल कम्पनी रहेको छ । यस अघि कम्पनीले युरोपीय ब्राण्ड नोर्टनमा समेत केही समय अगाडि लागनी गरेको थियो । टीभीएसलाई

यी दुई कम्पनीमार्फत टीभीएस युरोपीयन बजारमा प्रवेश गर्ने अनुमान गरिएको छ ।

कम्पनीको पोर्टफोलियोमा सिलो, सिम्पल, एलेग्रो, जेनिथ जस्ता इलेक्ट्रीक साइकल रहेको छ ।

बुधावार भएको सम्झौता पत्रमा हस्ताक्षर गर्दै टीभीएस मोटर्सका अध्यक्ष बेणु श्रीनिवासनले भने, ‘टीभीएस मोटर १० वर्षदेखी इलेक्ट्रीक सवारीसाधनमा लगानी गर्दै आएको छ । हामिले पर्यावरण तथा व्यक्तिगत फाइदालाई ध्यानमा राखेर नयाँ लगानी गरेको हौं ।’

टीभीएस मोटर्सले सिंगापुर सब्सिडायरि, टीभीएस मोटर सिंगापुरको सहयोगमा स्वीस कम्पनी खरिद गरेको हो ।


Back_to_top