काठमाडौं । यामाहाको रेट्रो डिजाइन मोटरसाइकल एक्सएसआर १५५ को २०२२ मोडल सार्वजनिक भएको छ । यामाहाले इन्डोनेशियामा नयाँ एसएक्सआर १५५ सार्वजनिक गरेको हो ।
कम्पनीले ६० वर्ष एनिभर्सरीको अवसरमा एसएक्सआर १५५ को नयाँ भसर्न सार्वजनिक गरेको हो । यसको मूल्य कम्पनीले ३ करोड ६९ लाख ५ हजार (इन्डोनेशियाली रुपैयाँ) निर्धारण गरेको छ ।
भारतीय बजारमा समेत यामाहाले एसएक्सआर उत्पादन गर्ने हल्ला समय समयमा चल्दै आएको भएपनि हालसम्म कम्पनीले भारतीय बजारमा यो मोटरसाइकल सार्वजनिक गरेको छैन् ।
रेट्रो डिजाइनमा रहेको एसएक्सआर १५५ लाई विभिन्न एशोसरिजको प्रयोग गरेर क्याफे रेसर, ट्रेकर तथा स्पोर्टस डिजाइनमा लान सकिने कम्पनीले जनाएको छ ।
२०२२ भर्सनको रुपमा कम्पनीले दुई नयाँ कलर भेरियन्ट थप गरेको छ । एसएक्सआर १५५ डार्क सेड ब्लु र ब्ल्याक कलर अप्सनमा ल्याएको हो ।
नयाँ एसएसक्सआरको दुबै कलर भेरियन्टमा इन्जिन, एक्जष्ट, अलोय ह्वील, सिट, इन्जिन गार्ड, साइड प्यानल जस्ता धेरै पार्ट ब्ल्याक कलरमा रहेको छ । ब्लु सेड कलर अप्सनमा भने ट्याङ र फ्रन्ट फेन्डर ब्लु कलरमा रहेको छ ।
यामाहाले २०२२ भर्सन एसएक्सआर १५५ मा अन्य कुनै मेकानिकल परिवर्तन भने गरेको छैन । यो मोटरसाइकलमा १५५ सीसी लिक्विड कुल्ड, एसओएचसी, ४ भल्भ भिभिए इन्जिन रहेको छ । यो आर१५ र एमटी १५ मा प्रयोग भएको इन्जिन रहेको छ । यो इन्जिनले १०००० आरपीएममा १९ हर्षपावर तथा १४.७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ ।

