४०० किलोमिटर रेन्जसहित निसान माइक्रा इलेक्ट्रीकमा आउने

काठमाडौं । निसानले आफ्नो चर्चित ह्याचव्याक कार माइक्रालाई इलेक्ट्रीक भर्सनमा ल्याउने भएको छ । कम्पनीको सफल ह्याचव्याक पूर्णत इलेक्ट्रीक मोडलको रुपमा आउने भएको हो ।

निसानले लामो समयसम्म नेपाली बजारमा पनि विक्री गरेको माइक्रा भारतमा उत्पादन बन्द भएसँगै नेपालमा पनि विक्री बन्द भएको थियो । अब कम्पनीले यसलाई ‘अल न्यू सिएमएफ-बीइभी प्लेटफर्म’मा ल्याउने छ । यही प्लेटफर्ममा रेनो-५ इभी पनि बजारमा आउने तयारी भइरहेको छ ।

रेनो-निसान-मित्सुवीसी एलायन्सले २३ विलियन यूरो थप लगानी गर्दै इलेक्ट्रीक कार उत्पादनमा आक्रमक बन्ने तयारी गर्दै नयाँ नयाँ मोडलको योजना बनाइरहेको छ । यही क्रममा निसानले आफ्नो बजेट कार माइक्रालाई पनि इलेक्ट्रीकमा ल्याउन लागेको हो ।

निसान माइक्रा इलेक्ट्रीक सन् २०२४ बाट बजारमा आउने अपेक्षा गरिएको छ । करिब ४०० किलोमिटर हाराहारी रेन्जमा आउने माइक्रामा प्रयोग भएको टेक्नीकल डिटेलको बारेका कुनै जानकारी दिइएको छैन ।


Back_to_top